सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको रुबियोको भनाइ

२०८३ कार्तिक २३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस–युक्रेन युद्ध अन्त्य भएपछि युक्रेन र समग्र युरोपको सुरक्षा व्यवस्था कस्तो हुने भन्ने विषयमा केही प्रगति भएको बताउनुभएको छ । उहाँले यसै साता अबुधाबीमा हुने वार्ताबाट थप प्रगति हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।

जी–७ का विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि आइतबार पत्रकारहरूसँग कुरा गर्दै रुबियोले युद्ध अन्त्यका लागि सुरक्षा प्रत्याभूतिको विषय महत्त्वपूर्ण रहेको बताउनुभयो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध अन्त्य गर्ने प्रयासमा यो विषय पटकपटक उठ्दै आएको उहाँको भनाइ थियो ।

युद्धपछि युक्रेनसँगै समग्र युरोपेली महादेशको सुरक्षा संरचना कस्तो हुने भन्ने विषयमा छलफल भइरहेको उल्लेख गर्दै रुबियोले राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्केत गर्नुभएको संरचनाबारे केही प्रगति भएको बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत बिहीबार युक्रेन मात्र नभई सम्पूर्ण युरोपलाई समेट्ने रुससँगको बृहत् सम्झौताको सम्भावना रहेको बताउनुभएको थियो । यद्यपि, रुबियोले अहिलेसम्म कुनै विषय अन्तिम निष्कर्षमा नपुगेको स्पष्ट पार्नुभयो ।

रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी मध्यस्थतामा मङ्गलबार र बुधबार अबुधाबीमा वार्ता तय भएको छ । उक्त वार्तामा अमेरिकाका तर्फबाट विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुसनर सहभागी हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल