सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सभामुख अर्याल र गृहमन्त्री गुरुङ्गद्धारा शङ्खधर साख्वाःको शालिकमा माल्यार्पण

२०८३ कार्तिक २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, २४ कात्तिकः सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक हितका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४७ का अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज यहाँ आयोजना गरेको शुभकामना तथा साख्वाःको प्रतीमामा माल्र्यापण कार्यक्रममा बोल्नुहुँदै सभामुख अर्यालले साख्वाःले जस्तै सदैव देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

नेपाल संवत् केवल वर्ष गणना गर्ने आधार नभई नेपालको ऐतिहासिक सभ्यता, मौलक संस्कृति र राष्ट्रिय पहिचानको जिवन्त प्रतीक पनि हो भन्दै उहाँले आफ्नो व्यक्तिगत सम्पत्ति जनतामा समर्पित गर्दै जनताको ऋण मोचन गर्ने ऐतिहासिक योगदान, सामाजिक न्याय र लोक कल्याणका क्षेत्रमा साख्वाःको योगदान उदाहरणीय रहेको धारणा व्यक्त गर्नुभयो ।

सरकारी कामकाज तथा अभिलेखमा नेपाल संवत्को प्रयोग हुन थालेको उल्लेख गर्दै उहाँले परिवर्तित सन्दर्भमा नेपाल संवत्लाई आवश्यक नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरी क्रमशः मुलुकको शैक्षिक क्षेत्रसहित डिजिटल प्रणालीमा पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सभामुख अर्यालले इतिहास र ंसंस्कृतिको संरक्षण गर्ने, सार्वजनिक जीवनमा इमानदारिता, जवाफदेहिता कायम गर्ने तथा विविधताबीचको एकता एवं सामाजिक सद्भावलाई अझ बलियो र सुदृढा बनाउन सबैले सङ्कल्प गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय विभूति साख्वाःले अनुशरण गर्नुभएको बाटोलाई पछ्याउँदै देश र जनताको पक्षमा काम गर्न सबैसँग अनुरोध गर्नुभयो ।

यसैगरी, वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शङ्खधर साख्वाःको योगदानको चर्चा गर्दै मुलुकका समग्र जातजाति, भाषाभाषि, संस्कृतिको संरक्षण, प्रबद्र्धन र जगेर्ना गर्नका लागि प्रदेश सरकारका तर्पmबाट बजेट व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सङ्ग्रहालय निर्माणसहित भाषा, साहित्य, कला, संस्कृतिको उत्थानका लागि वागमती प्रदेशअन्तर्गतका सबै जिल्लामा शङ्खधर साख्वाः प्रतिष्ठान निर्माण गर्ने कार्यक्रम दोलखाबाट सुरु भएको बताउँदै उहाँले क्रमशः प्रतिष्ठान सबै जिल्लामा स्थापना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजका लागि प्रयोगमा ल्याउन ऐन बनाएर लागू गरेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले यसैसन्दर्भमा कोशी प्रदेशले १३ वटा भाषालाई कामकाजका क्रममा प्रयोगमा ल्याएको जानकारी दिनुभयो ।

यसैगरी, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शङ्खधर साख्वाःको नाममा सङ्ग्रहालय निर्माण कार्य अगाडि बढाएको जानकारी दिँदै साख्वाःको विशिष्ट योगदानलाई आमजनतामाझ पुर्याउन विभिन्न कार्यक्रमसहित योजना अघि बढेको बताउनुभयो ।

सो अवसरमा सभामुख अर्याल, गृहमन्त्री सुदन गुरुङ्ग, वागमती प्रदेशका मुख्यमन्त्री थापा मगरलगायतका अतिथिले शङ्खधर चोकमा रहेको साख्वाःको प्रतीमामा माल्र्यापण गर्नुभएको थियो । नेपाली कांग्रेसका उपसभापति मधु आचार्य, प्रतिष्ठानका सस्थापक अध्यक्ष एवं सांसद मदनकृष्ण श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठलगायतले राष्ट्रिय विभिूति साख्वाःले पुर्याउनुभएको योगदानको चर्चा गर्दै साख्वाःको प्रतीमा देशव्यापी स्थापना गर्ने अभियान सुरु भइसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गरेको रु एक लाख ११ हजार १११ राशिको पुरस्कार इतिहासकार हरिराम जोशीलाई र प्रतिष्ठानले प्रदान गरेको रु एक लाख ११ हजार १११ राशिको संस्थागत पुरस्कार शङ्खधर साख्वाः निर्माण समिति चरिकोटलाई प्रदान गरिएको थियो ।

सो अवसरमा प्रतिष्ठानले प्रकाशन गरेको स्मारिका विमोचन गर्नाका साथै विभिन्न सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै