सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हेग्सेथविरुद्धको महाभियोग प्रयास रोकियो

२०८३ कार्तिक २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वासिङ्टन, २५ कात्तिक (रासस/एएफपी) :अमेरिकी प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा रिपब्लिकन सांसदहरूले इरान युद्ध सञ्चालन गरेको विषयलाई लिएर रक्षामन्त्री पीट हेग्सेथविरुद्ध महाभियोग लगाउने प्रयास विफल पारेका छन् । यसबाट मध्यावधि निर्वाचनमा पार्टीले पराजय व्यहोरेको केही दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसद्मा राहत मिलेको छ ।

प्रतिनिधिसभामा महाभियोग प्रस्ताव न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत परेको थियो । यससँगै हेग्सेथमाथि औपचारिक महाभियोग आरोप लगाउने विषयमा बुधबार हुने भनिएको मतदान रोकिएको छ । ट्रम्पका आलोचक रिपब्लिकन सांसद थोमस म्यासीले पेस गर्नुभएको प्रस्तावलाई आफ्नै पार्टीका सांसदहरूले समेत समर्थन गरेनन् ।

म्यासीले पेस गरेको प्रस्तावमा काङ्ग्रेसको स्वीकृतिबिना इरान युद्ध सञ्चालन गरेको, अधिकारको दुरुपयोग गरेको तथा यमनका हुथी विद्रोही र लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएका डुङ्गामाथि आक्रमण गरेको आरोपसहित आठवटा विषय समेटिएका थिए । सिनेटर मार्क केलीलाई कारबाही गर्ने प्रयासमार्फत अभिव्यक्ति स्वतन्त्रता दबाउन खोजेको आरोप पनि लगाइएको थियो ।

हेग्सेथले महाभियोग प्रयासलाई राजनीतिक प्रहसन भन्दै आफूमाथिका आरोप अस्वीकार गर्नुभएको छ । उहाँले इरान, यमन र भेनेजुएलाविरुद्धका सैन्य कारबाहीको बचाउ गर्दै आवश्यक परे फेरि पनि त्यस्ता कारबाही सञ्चालन गर्ने बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले हेग्सेथको कार्यसम्पादनको प्रशंसा गर्दै मतदानको परिणामलाई विजयका रूपमा स्वागत गर्नुभएको छ । उपराष्ट्रपति जे डी भान्सले पनि रक्षामन्त्रीले महाभियोग लगाउनुपर्ने कुनै अपराध नगरेको बताउनुभयो ।

आगामी जनवरीमा डेमोक्रेटहरूले काङ्ग्रेसको नियन्त्रण लिएपछि महाभियोग प्रयास पुनः अघि बढाउन सक्ने सम्भावना भने कायमै छ । ट्रम्प समर्थित उम्मेदवारसँग पार्टीको प्राथमिक निर्वाचनमा पराजित हुनुभएका प्रस्तावक म्यासीले आफ्नो कार्यकाल सकिएपछि काङ्ग्रेस छोड्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल