सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कोप–३१ मा ठूला नेताको अनुपस्थिति

२०८३ कार्तिक २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अन्ताल्या (टर्की), २५ कात्तिक (रासस/एएफपी):जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी दबाब बढिरहेका बेला टर्कीमा जारी कोप–३१ सम्मेलनमा अमेरिका र चीनसहित प्रमुख देशका शीर्ष नेताहरू अनुपस्थित हुने भएका छन् । यसले जलवायु परिवर्तन नियन्त्रणका लागि उनीहरूको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ ।

बुधबार र बिहीबार हुने उच्चस्तरीय सत्रमा टर्की, ब्राजिल र इरानका राष्ट्रपतिसहित दर्जनौँ नेताले सम्बोधन गर्नेछन् । तर, बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामबाहेक जी–७ का अन्य नेता सहभागी नहुने भएका छन् । फ्रान्स, जर्मनी, इटाली, क्यानाडा र जापानका सरकार प्रमुख पनि सम्मेलनमा आउने छैनन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ पनि अनुपस्थित रहने भएपछि जलवायु वार्तामा विश्वका दुई ठूला अर्थतन्त्रको सहभागिता कमजोर देखिएको छ । चीनका तर्फबाट उपराष्ट्रपति हान झेङ सहभागी हुनुहुनेछ । ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाको सहभागिताले भने जलवायु अभियानकर्मीलाई केही आशा दिएको छ ।

सम्मेलनमा ऊर्जा खपतको विद्युतीकरण बढाउने टर्कीको प्रस्ताव र त्यसका लागि स्वच्छ ऊर्जा प्रयोग गर्नुपर्ने युरोपेली सङ्घ (इयु) को जोडबीच बहस हुने अपेक्षा गरिएको छ । सन् २०२३ मा जीवाश्म इन्धनबाट टाढिने सहमति भए पनि त्यसलाई कार्यान्वयन गर्न राष्ट्रहरूले अपेक्षित प्रगति गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल