सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बमको धम्कीपछि इटालीका करिब ३०० विद्यालय खाली गराइयो

२०८३ कार्तिक २५, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मिलान, २५ कात्तिक (रासस÷एपी)ःइमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइएका शङ्कास्पद बम धम्कीको शृङ्खलाको पछिल्लो घटना हो । यस्ता धम्कीले युरोपका विभिन्न संस्थाको कामकाजमा अवरोध पु¥याउँदै आएका छन् ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले विज्ञप्ति जारी गर्दै विद्यालयहरूमा कुनै ठोस खतरा रहेको सङ्केत नदेखिएको बताउनुभएको छ । यस्ता धम्की आतङ्क र त्रास सिर्जना गर्ने उद्देश्यले दिइएको हुन सक्ने उहाँको भनाइ छ ।

उहाँले घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै बुधबार नै मन्त्रीहरूको बैठक बोलाएको बताउनुभयो ।

‘लाप्रेस’ समाचार एजेन्सीसहित इटालीका सञ्चारमाध्यमले प्राप्त गरेको अज्ञात इमेलमा प्रधानमन्त्री मेलोनीलाई समेत लक्षित गरी धम्की दिइएको छ । यद्यपि, मेलोनीले आफ्नो विज्ञप्तिमा आफूलाई दिइएको व्यक्तिगत धम्कीबारे उल्लेख गर्नुभएको छैन् । उहाँको कार्यालयले पनि यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

परराष्ट्रमन्त्री एन्टोनियो ताजानीले गत शनिबार आफ्नो व्यक्तिगत विवरण डार्क वेबमा सार्वजनिक भएको बताउनुभएको थियो । प्रधानमन्त्री मेलोनीले यस घटनामा रुस समर्थक ह्याकरहरू संलग्न रहेको आरोप लगाउनुभएको छ ।

‘लाप्रेस’ समाचार एजेन्सीका अनुसार, शिक्षा मन्त्री ज्युसेप्पे भालदिताराले ३०० विद्यालयमा इमेलमार्फत बमको धम्की प्राप्त भएको बताउनुभएको छ । यसबारे मन्त्रालयसँग प्रतिक्रिया माग्दा तत्काल कुनै जवाफ प्राप्त भएको छैन ।

राजधानी रोमस्थित मामियानी माध्यमिक विद्यालयमा विद्यार्थीहरूले सुरुमा विद्यालयबाट बाहिरिने सूचनालाई नियमित बिदाको सङ्केत ठानेका थिए । बाहिर निस्किएपछि मात्र उनीहरूले बमको धम्कीका कारण विद्यालय खाली गराइएको थाहा पाए ।

अठार वर्षीया विद्यार्थी अनिता बार्तोचीले भनिन्, “हामीलाई रुसी ह्याकरहरूबाट इमेल आएको र त्यसमा सबैलाई मार्ने धम्की दिइएकाले बमको चेतावनी जारी गरिएको बताइयो । त्यो निकै हिंसात्मक सन्देश थियो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल