सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

युक्रेन शान्ति र युरोपको सुरक्षा व्यवस्थाबारे ट्रम्पका दूतले पुटिनसँग भेट गर्ने

२०८३ कार्तिक २६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौःअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जारेड कुशनर र स्टिभ विटकफले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौता तथा युरोप–रुसबीच नयाँ सुरक्षा व्यवस्था निर्माणबारे छलफल गर्न बिहीबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने तयारी गर्नुभएको छ ।

एक्सियोसका अनुसार, अबु धाबीमा भएको दुईदिने शान्ति वार्तामा युरोपको सुरक्षा चासो सम्बोधन गर्ने प्रस्ताव प्रमुख विषय बनेको थियो । अमेरिकी दूतहरूले रुसलाई आफ्ना सुरक्षा माग प्रस्तुत गर्नाका साथै तनाव घटाउने र युरोपेली मुलुकलाई भविष्यमा आक्रमण नगर्ने विश्वास दिलाउने उपाय अघि सार्न आग्रह गर्नुभएको थियो ।

वार्तामा रुसी र युक्रेनी प्रतिनिधिबीच सुरुमा तनाव देखिए पनि पछि छलफल रचनात्मक बनेको थियो । युद्धबन्दी आदानप्रदान गर्ने सहमति पनि भएको र त्यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आदानप्रदान हुन सक्ने बताइएको छ । बन्दीको सङ्ख्या भने पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगको भेटमा तय गरिनेछ ।

अमेरिकाले युक्रेन शान्ति सम्झौता र युरोप–रुस सुरक्षा संरचनाबारे एकैसाथ वार्ता अघि बढाउन चाहेको छ । तर नयाँ सुरक्षा व्यवस्था युद्ध अन्त्य गर्ने सहमति भएपछि मात्र कार्यान्वयन गरिने बताइएको छ । रुसले शान्ति वार्तामा युरोपेली प्रतिनिधिको सहभागिताको विरोध गर्दै आए पनि अमेरिकाले उनीहरूको सहभागिता आवश्यक रहेकोमा जोड दिएको छ ।

जेलेन्स्की र पुटिन दुवैले भविष्यको सुरक्षा प्रत्याभूतिबारे स्पष्टता चाहेकाले सुरक्षा व्यवस्था वार्ताको महत्त्वपूर्ण विषय बनेको स्रोतले जनाएको छ । अमेरिकाले युरोप र युक्रेनको सहमतिबिना रुससँग सुरक्षा सम्झौता नगर्ने तथा युरोपको सुरक्षा चासोमा मस्कोलाई निर्णय रोक्ने अधिकार नदिने स्पष्ट पारेको छ ।

कुशनर र विटकफले बिहीबार राति जेलेन्स्कीसँग भेट्न मस्कोबाट डब्लिन जाने कार्यक्रम छ । प्रस्तावित सुरक्षा व्यवस्थाबारे डब्लिनमा हुने युरोपेली नेताहरूको शिखर सम्मेलनमा पनि छलफल हुने अपेक्षा गरिएको छ । यद्यपि, व्यापक रुस–युरोप सुरक्षा सम्झौताको प्रस्तावप्रति युरोपेली कूटनीतिक वृत्तमा विरोध र अनुत्तरित प्रश्न कायमै रहेको एक्सियोसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल