सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सञ्चारमन्त्रीद्वारा कतार र इस्टोनियाका समकक्षीसँग सूचना प्रविधिमा सहकार्य गर्ने विषयमा छलफल

२०८३ कार्तिक २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २७ कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले कतार र इस्टोनियाका समकक्षीसँग सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल गर्नुभएको छ ।

अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को सन् २०२६ को महासम्मेलन (आइटियु पीपी–२६) मा सहभागी हुन कतारको दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मोहम्मद बिन अली अल मन्नाईसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको नेपाली राजदूतावास, दोहाद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टरमा आयोजित सम्मेलनका अवसरमा भएको भेटमा मन्त्री तिमिल्सिनाले गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएकोमा कतार सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले सन् २०२४ अप्रिलमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले गर्नुभएको नेपालको राजकीय भ्रमणको स्मरण गर्दै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र दीर्घकालीन मित्रताको चर्चा गर्नुभयो । साथै, नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव नजिकिँदै गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

नेपालजस्तो भौगोलिक विविधता भएको मुलुकका लागि दूरसञ्चार क्षेत्रको महत्त्व उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले यस क्षेत्रमा कतारले हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभयो । भेटमा दुई देशबीच सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्यका सम्भावना र अवसर विस्तार गर्ने विषयमा छलफल भएको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, मन्त्री तिमिल्सिनाले इस्टोनियाका न्याय तथा डिजिटल मामिलामन्त्री लिसा–लि पाकोस्टासँग पनि छुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभयो ।

भेटमा उहाँले प्रविधि विकास र डिजिटल रूपान्तरणका क्षेत्रमा इस्टोनियाले हासिल गरेको अनुभवबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउनुभयो । दुवै पक्षले दूरसञ्चारसहित सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्ने विषयमा विचार आदानप्रदान गर्नुभयो ।

आइटियु पीपी–२६ सम्मेलनका क्रममा विभिन्न द्विपक्षीय भेटवार्ता तथा अन्य महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुनुभएका मन्त्री तिमिल्सिना आज राति दोहाबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली राजदूतावास, दोहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै