सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

पाकिस्तानी सेनाद्वारा १० दिनमा ७४ लडाकु मारिएको दाबी

२०८३ कार्तिक २७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्लामाबाद, २७ कात्तिक (रासस/एपी): पाकिस्तानको सेनाले अफगानिस्तानसँग सीमा जोडिएका उत्तरपश्चिमी र दक्षिणपश्चिमी क्षेत्रमा पछिल्लो १० दिनमा सञ्चालन गरेका सुरक्षा कारबाहीमा ७४ जना लडाकु मारिएको जनाएको छ ।

सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार खैबर पख्तुनख्वा प्रान्तका मिर अली र ओराकजई जिल्लामा सञ्चालन गरिएका कारबाहीमा ४३ जना लडाकु मारिएका छन् । ती कारबाहीका क्रममा हतियार, गोलीगट्ठा र विस्फोटक पदार्थसमेत बरामद गरिएको सेनाले जनाएको छ ।

यसैगरी, बलोचिस्तान प्रान्तमा नोभेम्बर ३ देखि सञ्चालन गरिएका विभिन्न कारबाहीमा ३१ जना लडाकु मारिएको सेनाको दाबी छ । उक्त प्रान्तमा प्रतिबन्धित बलोच लिबरेसन आर्मीको नेतृत्वमा सशस्त्र विद्रोह जारी छ ।

पाकिस्तानी सेनाले मारिएका लडाकुलाई अफगानिस्तान र भारतको समर्थन रहेको आरोप लगाएको छ । काबुल र नयाँदिल्लीले भने यसअघि नै यस्ता आरोप अस्वीकार गरिसकेका छन् ।

राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शहबाज सरिफले सुरक्षा फौजको प्रशंसा गर्दै उग्रवादविरुद्धको अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सेनाले मारिएका लडाकुलाई ‘खवारिज’ संज्ञा दिएको छ । पाकिस्तान सरकारले अफगानिस्तानको समर्थन प्राप्त लडाकु, विशेषगरी ‘तहरिक–ए–तालिबान पाकिस्तान’ (टीटीपी) सँग आबद्ध व्यक्तिलाई सम्बोधन गर्न यो शब्द प्रयोग गर्दै आएको छ । काबुलले भने टीटीपीलाई समर्थन गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

टीटीपी अफगानिस्तानको तालिबानभन्दा फरक समूह भए पनि दुवैबीच गठबन्धन रहेको छ । अफगानिस्तानको तालिबानले सन् २०२१ मा काबुलको सत्ता कब्जा गरेको थियो । टीटीपीका धेरै नेता तथा लडाकुले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रहेका सुरक्षित आश्रयस्थलबाट गतिविधि सञ्चालन गर्ने गरेको विश्वास गरिन्छ । यसै विषयलाई लिएर पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल