सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यमनमा सर्वसाधारणको सुरक्षाप्रति राष्ट्रसङ्घको चासो, आक्रमण रोक्न सबै पक्षलाई आग्रह

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

संयुक्त राष्ट्रसंघ, २८ कात्तिक (रासस/सिन्ह्वा)ः संयुक्त राष्ट्रसंघले यमनमा सर्वसाधारण नागरिक तथा नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै द्वन्द्वमा संलग्न सबै पक्षलाई नागरिकको जीवन, सुरक्षा र मानवीय मर्यादाको सम्मान गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिवका उपप्रवक्ता फरहान हकले शुक्रबार यमनका विभिन्न क्षेत्रमा ड्रोन, क्षेप्यास्त्र, हवाई आक्रमण तथा गोलाबारीका घटनाबाट सर्वसाधारण प्रभावित भइरहेको बताउनुभएको छ ।

उहाँका अनुसार अस्पताल, बजार तथा सर्वसाधारणका घरजस्ता सुरक्षित मानिएका स्थानसमेत आक्रमणबाट प्रभावित भइरहेका छन् । यस्ता घटनामा बालबालिकासहित सर्वसाधारणको ज्यान जानुका साथै धेरै घाइते भएका छन् ।हकले द्वन्द्वका क्रममा सर्वसाधारणले भोग्नुपरेको मानवीय पीडाप्रति ध्यानाकर्षण गराउँदै यस्ता घटनालाई सामान्य अवस्थाका रूपमा लिन नहुने बताउनुभयो । उहाँले द्वन्द्वमा संलग्न सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुन तथा मानवीय दायित्वको सम्मान गर्न र नागरिकको सुरक्षाका लागि सम्भव भएसम्म आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

साथै, अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनका घटनामा संलग्न व्यक्तिलाई जवाफदेही बनाउने व्यवस्था सुनिश्चित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । यसैबीच, संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले हुथी नियन्त्रणमा रहेका बेला मृत्यु भएका राष्ट्रसंघीय कर्मचारी मोहम्मद इब्राहिम अल–शामीको शव परिवारलाई यथाशीघ्र बुझाउन आग्रह गर्नुभयो ।

उहाँले अल–शामीको मृत्युको मिति, कारण र परिस्थितिबारे आवश्यक छानबिन गर्न तथा जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउन हुथी अधिकारीहरूसँग आग्रह गर्नुभयो ।

हुथी नियन्त्रणमा रहेका करिब ७० जना राष्ट्रसंघीय कर्मचारीमध्ये अल–शामी पनि एक थिए । राष्ट्रसंघले हिरासतमा रहेका सबै कर्मचारी तथा मानवीय सहायता क्षेत्रमा कार्यरत व्यक्तिलाई तत्काल र बिनासर्त रिहा गर्नसमेत आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल