सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जेरुसेलम, २९ कात्तिक (रासस/सिन्ह्वा):इज रायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमबाट उत्पन्न हुन सक्ने खतराको सामना गर्न राष्ट्रिय एकता सरकार गठन गर्न पुनः आह्वान गर्नुभएको छ ।

शनिबार पूर्वरेकर्ड गरिएको सम्बोधनमार्फत उहाँले इरानले आफ्नो आणविक कार्यक्रम पुनः सक्रिय बनाउन खोजिरहेको आरोप लगाउँदै इजरायलको सुरक्षाका लागि सबै राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

नेतान्याहुले नयाँ सरकार गठनको जिम्मेवारी पाउनुभएका आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गाडी आइसेनकोटलाई कुनै पूर्वसर्त नराखी गठबन्धन निर्माणका लागि वार्ता सुरु गर्न आग्रह गर्नुभएको छ ।

“इजरायलको विनाश चाहने इरानी शासनले पुनः आफ्नो आणविक कार्यक्रम अघि बढाउन काम गरिरहेको छ । यस अस्तित्वगत खतरालाई सदाका लागि अन्त्य गर्नुपर्छ,” उहाँले सम्बोधनका क्रममा भन्नुभयो ।

राष्ट्रिय एकता सरकार गठन भए इजरायलको सुरक्षा आगामी वर्षसम्म सुनिश्चित गर्न सकिने र क्षेत्रीय शान्ति सम्झौतालाई थप विस्तार गर्न मद्दत पुग्ने नेतान्याहुको भनाइ छ ।

यसअघि बिहीबार नेतान्याहु र आइसेनकोटबीच सुरक्षा विषयमा छलफल भएको थियो ।

गत अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनपछि नेतान्याहुको दक्षिणपन्थी गठबन्धनले संसद्मा बहुमत गुमाएको थियो । पूर्वसैनिक प्रमुखसमेत रहनुभएका आइसेनकोटलाई राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनका लागि २८ दिनको समय दिनुभएको छ । आवश्यक परे उक्त समय थप १४ दिन बढाउन सकिने व्यवस्था छ ।

नयाँ सरकार गठन भएर कार्यभार सम्हाल्नुअघि नेतान्याहु नै कामचलाउ प्रधानमन्त्रीका रूपमा पदमा रहनुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल