सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २९ कार्तिक । इजरायलमा सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको योजना बनाउन मुख्य भूमिका खेलेको आरोप लागेका हमासका एक वरिष्ठ सैन्य कमान्डर गाजामा भएको इजरायली आक्रमणमा मारिएको प्यालेस्टिनी लडाकु समूहले पुष्टि गरेको छ।

हमासको  अल कासाम ब्रिगेड्सका अनुसार उक्त आक्रमणको योजना बनाउने र त्यसको रेखदेख गर्ने मुख्य व्यक्तिहरूमध्ये एक मानिने समीर अबु युनिस शनिबार साँझ मारिएका हुन्। इजरायली सेनाले आइतबार पुष्टि गरेअनुसार, उनीहरूले हमासको सैन्य शाखाका एक वरिष्ठ सदस्यलाई लक्षित गरी आक्रमण गरेका थिए।

‘केही समय अघि आईडीएफ र आईएसएले हमासको सैन्य शाखाका एक वरिष्ठ आतंकवादीलाई निशाना बनाए,’ इजरायली सेनाले आइतबार बिहान इजरायलको आन्तरिक सुरक्षा निकाय ‘शिन बेट’ सँगको संयुक्त विज्ञप्तिमा जनाएको छ। तत्कालका लागि लक्षित व्यक्तिको पहिचान खुलाइएको छैन र यससम्बन्धी थप विवरण पछि उपलब्ध गराइने बताइएको छ।

टेलिग्राममा जारी गरिएको एक विज्ञप्तिमा अल कासाम ब्रिगेडले युनिसको मृत्युको पुष्टि गर्दै यस कारबाहीलाई ‘कायरतापूर्ण हत्या’ भनेको छ। समूहका अनुसार, उनी ‘अक्टोबर ७ को आक्रमणको योजना र सुपरिवेक्षणमा संलग्न सबैभन्दा महत्त्वपूर्ण कमाण्डरहरूमध्ये एक’ थिए।

सुरक्षा स्रोतले जनाएअनुसार अल-कासामको राफाह ब्रिगेडका कमाण्डर युनिस, खान युनिसको पश्चिममा पर्ने अल मावासीमा गरिएको आक्रमणमा मारिएका हुन्। गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बासालले बताएअनुसार उक्त निकायले ५३ वर्षीय युनिसको शव प्राप्त गरेको छ। उनले दक्षिणी गाजामा भएको सो आक्रमणमा अन्य दुई जना घाइते भएको पनि जानकारी दिए। यो हत्या इजरायल र हमासबीच जारी तनावका बीच भएको हो। अक्टोबर ७ को आक्रमणपछि सुरु भएको दुई वर्ष लामो युद्धलाई रोक्न अक्टोबर २०२५ मा युद्धविराम लागू गरिएको थियो, तर अहिले दुवै पक्षले एक अर्कालाई सो युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन्।

अमेरिकाको समर्थनमा भएको यस युद्धविरामले लडाइँको तीव्रतालाई धेरै हदसम्म कम गरे पनि, इजरायलले गाजामा आक्रमण जारी राखेको छ।

हमासको नियन्त्रणमा रहेको गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार, युद्धविराम सुरु भएयता १,६०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्। संयुक्त राष्ट्र संघले मन्त्रालयद्वारा प्रस्तुत हताहतको तथ्यांकलाई विश्वसनीय मानेको छ। सोही अवधिमा, इजरायली सेनाले आफ्ना सात सैनिक र एक गैर(सैनिक ठेकेदारको मृत्यु भएको जनाएको छ।

यसैबीच, इजरायलका पूर्व सेना प्रमुख गादी आइसेनकोट सरकार गठनका लागि गठबन्धन वार्तामा संलग्न छन्। उनका प्रतिद्वन्द्वी तथा कामचलाऊ प्रधानमन्त्री बेन्जामिन नेतान्याहु भने सैन्य कारबाहीहरूको जिम्मेवारी सम्हालिरहेका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल