सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, २९ कात्तिक (रासस/एएफपी)ःइरानले खाडी मुलुक बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेपछि आइतबार बिहान त्यहाँ विस्फोटका आवाज सुनिएका छन् । सम्भावित सुरक्षा खतरालाई मध्यनजर गर्दै बहराइनका अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

एएफपीका अनुसार आइतबार बिहान स्थानीय समय करिब ४ बजे विस्फोटको आवाज सुनिएको थियो । त्यसपछि बिहान ६ः३० बजेतिर पुनः विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन् । घटनापछि सुरक्षा साइरन बजाइएको थियो भने अधिकारीहरूले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई सतर्क रहन सूचना जारी गरेका थिए ।

बहराइनको गृह मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत नागरिकलाई शान्त रहन, नजिकैको सुरक्षित स्थानमा जान र सुरक्षासम्बन्धी जानकारीका लागि आधिकारिक सञ्चारमाध्यमको सूचना पालना गर्न आग्रह गरेको छ ।

इरानको सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरिएको विज्ञप्तिमा इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित अल–रिफ्फा हेलिकप्टर बेसमा रहेको अमेरिकी हवाई रक्षा राडार प्रणालीलाई लक्षित गरी छवटा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

गार्डले होर्मुज जलडमरूमध्य बन्द रहेको उल्लेख गर्दै अमेरिकाबाट हुने कुनै पनि आक्रमणको अझ कडा जवाफ दिने चेतावनीसमेत दिएको छ ।

इरान र अमेरिका–इजरायलबीच फेब्रुअरी २८ मा सुरु भएको युद्धपछि खाडी क्षेत्रको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ । युद्धका क्रममा इरानले होर्मुज जलडमरूमध्यबाट हुने जलयातायातमा प्रतिबन्ध लगाउनुका साथै विमानस्थल, बन्दरगाह, ऊर्जा पूर्वाधार र अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरेको छ ।

बहराइनमा अमेरिकाको महत्वपूर्ण नौसैनिक अखडा रहेको छ। यसअघि शुक्रबार पनि इरानी गार्डले बहराइनस्थित अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरेको दाबी गरेको थियो। अमेरिकी सेनाले भने त्यतिबेला आफ्नो क्षेत्रमा लक्षित दुई इरानी ड्रोन खसालेको जनाएको थियो ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले उक्त घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी नभएको जनाएको थियो ।खाडी क्षेत्रमा बढ्दो सैन्य तनावले विश्वको ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय तेल व्यापारमा समेत असर पार्न सक्ने चिन्ता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल