सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगन्ज (पर्सा), २९ कात्तिकः सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी हुनुभएको छ ।

श्रद्धा र आस्थाको प्रतीकका रुपमा लिइने सांस्कृतिक पर्व छठका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरी परिसरको अवलोकन तथा स्थानीय श्रद्धालुहरूसँग भेट गर्नुभयो ।

त्यसैगरी, छठ पर्वका अवसरमा वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा पोखरीको छठ पूजामा पनि उहाँ सहभागी हुनुभयो । लोकआस्थाको पर्व छठ पर्वका अवसरमा वीरगन्जस्थित पोखरी, नदी, सरोवर तथा जलाशयलगायत छठघाट साजसज्जाले झकिझकाउ गरिएका छन् ।

वीरगन्जका ऐतिहासिक घडिअर्वा, लाछुमनवा र ‘स्वीमिङ पुल’लगायत छठ घाटलाई साजसज्जासहित सुन्दर बनाइएको छ । खरना मनाई सकिएको छ भने आज अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने छ ।

घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरले विशेष सजावट गरिएको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुले जानकारी दिनुभयो । उहाँका अनुसार घडिअर्वा छठघाटमा पाँच हजार ५०० व्रतालु र हजारौँ दर्शनार्थी आउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, घडिअर्वासति अन्य घाटहरुमा सुरक्षाका लागि २४सै घण्टा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै