सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

उपराष्ट्रपतिद्वारा सामाजिक एकतालाई बलियो बनाउन संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड

२०८३ कार्तिक २९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २९ कात्तिक: उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वका अवसरमा बल्खुस्थित बागमती नदी किनारमा पुगेर पूजाआजा गर्नुभएको छ । बल्खु तराई समाजद्वारा आयोजित धार्मिक कार्यक्रममा उपराष्ट्रपति यादव सहभागी भएर अस्ताउँदो सूर्यलाई विधिविधानपूर्वक पूजा गर्नुभएको हो ।

सो अवसरमा उहाँले छठ पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास प्रकट गर्नुभयो । उपराष्ट्रपति यादवले मुलुकमा सामाजिक एकता र राष्ट्रिय अखण्डतालाई बलियो बनाउन सबै जाति तथा समुदायका संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय पर्वका रूपमा स्थापित छठले सबै नेपालीलाई एकताबद्ध बनाउन प्रेरणा प्रदान गर्ने बताउँदै यसको सांस्कृतिक पक्षलाई प्रवर्द्धन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

बल्खु तराई समाजका अध्यक्ष राजेन्द्रलाल कायस्थले प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्व केही वर्ष अगाडि तराई भेगमा मात्र सीमित रहेको भए पनि अहिले पहाडी क्षेत्रमा समेत लोकप्रिय बनेको बताउनुभयो । उपराष्ट्रपति यादवले संस्कृतिकर्मीलाई सम्मान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै