सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘सबैका लागि पूर्वसूचना’लाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३० कात्तिकः रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले नागरिकलाई प्राकृतिक विपद्को जोखिमबाट जोगाउन ‘पूर्वसूचना’लाई समयमै पूर्वतयारीसँग जोड्न आह्वान गर्नुभएको छ ।

टर्र्र्र्किएको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत  ‘सबैका लागि पूर्वसूचना’ सम्बन्धी विशेष ‘सेसन’को प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नु्हुँदै उहाँले सन् २०२२ मा ‘सबैका लागि पूर्वसूचना’ अभियान सुरुआत भएपश्चात् पूर्वतयारीको नीतिगत संरचना बनाउने देशको सङ्ख्या दोब्बरभन्दा बढी पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०२५ मा मात्र, यस्तो पूर्वतयारीले ५४ देशका ९६ लाख नागरिकलाई विपद्का चपेटामा पर्नुपूर्व आफ्नो ज्यान र जीविकोपार्जन सुरक्षित गर्न सहयोग ग¥यो । तसर्थ, पूर्वसूचनालाई समयमै पूर्वतयारीसँग जोड्न म आह्वान गर्दछु ।  यो मानवीय धर्म मात्र होइन, यो दूरदर्शी र बुद्धिमत्तापूर्ण निर्णय पनि हो ।”

‘महासङ्घको महासचिव पद’मा दोस्रो कार्यकालको नेतृत्व प्रदान गरिरहनुभएका महासचिव चापागाईंका अनुसार पूर्वतयारीको नीतिगत संरचना बनाउने देशको सङ्ख्या ३५ बाट ७५ पुगेको छ । पछिल्लो समय विश्वका झन्डै ४० प्रतिशत देशसँग विपद् आउनुपूर्व आवश्यक तयारी सुरुआत गर्ने ‘पूर्वसूचना’ प्रणालीको स्पष्ट संयन्त्र क्रियाशील छन् । उहाँले भन्नुभयो, “विपद् आउनुअघि गरिने पूर्वतयारीमा लगानी गर्नु भनेको नागरिकको ज्यान, जीविकोपार्जन र आत्मसम्मान जोगाउनु हो ।  यसले विपद्पश्चात् हुने कैयौँ गुणा ठूलो आर्थिक र मानवीय क्षतिलाई रोक्न सहयोग गर्दछ  । अहिले पूर्वानुमानमा आधारित पूर्वतयारीलाई ठूलो स्तरमा लागू गर्न सकिन्छ भन्ने प्रमाण पनि बलिया बन्दै गएका छन् ।”

उहाँले विपद् प्रभावित क्षेत्रका पाँचमध्ये चार जनाले पूर्वसूचना पाए पनि तीनमध्ये एक जनाले त्यसअनुसार सुरक्षित कदम अपनाउन नसकेको तथ्याङ्क प्रस्तुत गर्नुहुँदै सूचना पाएर पनि प्रतिकार्य गर्न नसक्ने यही खाडललाई अन्त्य आग्रह पनि गर्नुभयो ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घमा रहेर मानवीय सेवामा तल्लीन हुँदा आफूले हरेक दिन यो तीतो यथार्थ भोगिरहेका महासचिव चापागाईंले बताउनुभयो ।   उहाँले भन्नुभयो, “मानवीय सहायताका स्रोत दिनानुदिन साँघुरिँदै गइरहेको अहिलेको अवस्थामा, विपद् आइसकेपछि गरिने उद्धार र राहतमा मात्र भर परेर अब पुग्दैन । सङ्कट निम्तिनु अगावै कदम चालेर विपद्पछिको ठूलो क्षति र उद्धारको आवश्यकतालाई नै घटाउनुपर्छ ।”

हरेक नागरिकलाई प्राकृतिक विपद्को जोखिमबाट जोगाउने हाम्रो जिम्मेवारी सन् २०२७ सँगै अन्त्य नहुने स्पष्ट पार्नुहँदै महासचिव चापागाईंले  सन् २०२७ पछि पनि राजनीतिक इच्छाशक्ति, दिगो आर्थिक स्रोत र प्रभावकारी कार्यान्वयनलाई कसरी निरन्तरता दिने भन्ने नै अबको मुख्य परीक्षा हो भन्नुभयो । ‘ग्रान्ड बार्गेन’को ‘ग्लोबल एम्बेसडर’समेत रहनुभएका उहाँले  भन्नुभयो, “अबको चुनौती केवल विपद्को भविष्यवाणी गर्नु मात्र होइन । कुन विपद् आउँदैछ, कहाँ असर गर्दैछ र त्यसबाट सबैभन्दा बढी को प्रभावित हुन्छन् भन्ने कुरा हामीलाई पहिलेभन्दा निकै स्पष्ट भइसकेको छ । तर, अझै पनि हामी चुकिरहेको पक्ष भनेको त्यो जानकारीलाई समयमै ठोस कदममा बदल्न नसक्नु हो । पूर्वसूचनाको सार्थकता तब मात्र हुन्छ, जब त्यसलाई समयमै ‘पूर्वतयारीमूलक कार्य’  सँग जोडिन्छ ।”

महासचिव चापागाईंले  भन्नुभयो, “सबैका लागि पूर्वसूचना अभियानको प्रगतिको समीक्षा गर्न आज हामी यहाँ जुटिरहँदा, गर्व गर्नुपर्ने र उत्सव मनाउनुपर्ने धेरै उपलब्धिहरू छन् ।  यस अभियानले विश्वव्यापी रूपमा अभूतपूर्व ऊर्जा थपेको छ । आपसी सहकार्यलाई बलियो बनाएको छ र बहु–प्रकोप पूर्वसूचना प्रणालीको पहुँचलाई निकै फराकिलो पारेको छ । तर, आजको यस भेलाबाट म तपाईंहरूलाई एउटा मात्र मुख्य सन्देश दिएर जान चाहन्छु, र त्यो हो—हामी सन् २०२७ को सङ्घारमा आइपुग्दा, यसलाई गन्तव्यको अन्तिम बिन्दु होइन, एउटा महत्वपूर्ण कोसेढुङ्गाका रूपमा मात्र हेरिनुपर्छ ।”

‘सबैका लागि पूर्वसूचना’ समुदायको अपनत्वमा आधारित हुनुपर्छ ।

उहाँले स्थानीय समुदाय भनेका पूर्वसूचना प्रणालीका ‘अन्तिम गन्तव्य’ होइनन्, बरु ‘पहिलो यात्रा’ हुन् ।  किनभने, हरेक दिन जोखिमसँग जुध्ने स्थानीय बासिन्दालाई नै आफ्नो कमीकमजोरी, प्राथमिकता र समाधानका उपायबारे सबैभन्दा गहिरो ज्ञान हुन्छन् भन्नुभयो ।

महासचिव चापागाईंले “आधुनिक प्रविधिले आज स्थानीय अनुभव र ज्ञानलाई वैज्ञानिक पूर्वानुमान तथा जोखिम विश्लेषणसँग जोड्ने पुलको काम गरेको छ । यसले हामीलाई सूचनाबाट दूरदर्शिता र दूरदर्शिताबाट तत्काल कदम चाल्ने सामथ्र्य दिएको छ । तर, न प्रविधिले न त मौसमको पूर्वानुमानले मात्र एक्लै कसैको ज्यान बचाउन सक्छ । ज्यान बचाउने काम बलियो राजनीतिक प्रतिबद्धताले गर्छ पर्याप्त लगानीले गर्छ । साझेदारीले गर्छ र समयमै चालिने ठोस कदमले गर्छ ।”

‘सबैका लागि पूर्वसूचना’ को अबको यात्रा अझ बढी समुदायको अपनत्वमा आधारित हुनुपर्नेमा उहाँले जोड दिँदै स्थानीय समुदाय, रेडक्रस जस्ता राष्ट्रिय सोसाइटीहरू, अन्तरराष्ट्रिय संस्था र विकास साझेदारहरूको साथ लिएर सरकारहरूले यसको नेतृत्व लिनुपर्छ भन्नुभयो । महासचिव चापागाईंले भन्नुभयो, “सन् २०२७ भन्दा परको भविष्यलाई हेर्दै गर्दा, आउनुहोस् हामी सबैलाई सूचना पु¥याउने मात्र होइन, हरेक व्यक्तिलाई सुरक्षित कदम चाल्न सक्षम बनाउने सङ्कल्प गरौँ । किनकि, हाम्रो सफलताको मापन हामीले कतिवटा पूर्वसूचना जारी ग¥यौँ भन्ने सङ्ख्याले गर्ने छैन । हाम्रो वास्तविक सफलता त हामीले कतिवटा सम्भावित विपद्लाई ठूलो मानवीय सङ्कट बन्नबाट रोक्यौँ भन्ने कुराले मापन गर्नेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै