सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिकासँग कुरा नमिले चीनसँग सहकार्य गर्ने कार्नीको सङ्केत

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

नोम पेन्ह, ३० कात्तिक (रासस/एपी) :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको व्यापार वार्ताबाट क्यानाडाको अटो उद्योगको संरक्षण सुनिश्चित नभए चीनसहित अन्य मुलुकका सवारीसाधन निर्माता कम्पनीसँग सहकार्य गर्न सकिने प्रधानमन्त्री मार्क कार्नीले बताउनुभएको छ ।

सोमबार कम्बोडियामा पत्रकारहरूसँग कुरा गर्दै उहाँले अमेरिकासँगको वार्ता आफ्नो प्राथमिकता भए पनि त्यसको परिणामले युरोपेली, चिनियाँ वा जापानी कम्पनीसँग सहकार्य गर्ने विकल्प तय गर्ने बताउनुभयो । अमेरिकी व्यापार नीतिका कारण क्यानाडा, अमेरिका र मेक्सिकोबीचको एकीकृत अटो उद्योग प्रभावित भएको उहाँको भनाइ छ ।

कार्नीका अनुसार क्यानाडामा हुने चिनियाँ लगानी आयातित पार्टपुर्जा जोडेर सवारीसाधन बनाउनेमा मात्र सीमित हुनुहुँदैन । क्यानाडामै उत्पादन केन्द्र, रोजगारी, उचित श्रम मापदण्ड र स्वदेशी आपूर्ति शृङ्खला विकास हुनुपर्छ । विद्युतीय सवारीसाधनमा प्रयोग हुने क्यानाडाका महत्त्वपूर्ण खनिजलाई पनि उत्पादनमा समेट्नुपर्ने उहाँले बताउनुभयो ।

गत जनवरीमा क्यानाडाले चिनियाँ विद्युतीय सवारीसाधनमा भन्सार शुल्क १०० प्रतिशतबाट घटाएर ६.१ प्रतिशत कायम गरेको थियो । सुरुमा वार्षिक ४९ हजार सवारीसाधन आयात गर्न दिने सहमतिअनुसार चीनले पनि क्यानाडाली क्यानोला लगायतका कृषि उत्पादनमा कर घटाउने प्रतिबद्धता जनाएको थियो । उक्त सम्झौताबाट चिनियाँ लगानी भित्र्याउन र रोजगारी सिर्जना गर्न सकिने कार्नीको अपेक्षा छ ।

तर, ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले चिनियाँ विद्युतीय सवारीसाधनलाई प्रवेश दिँदा क्यानाडाली रोजगारी र अमेरिकी बजारमा पहुँच जोखिममा पर्न सक्ने भन्दै सम्झौताको आलोचना गर्नुभएको छ । अमेरिकी कम्पनी फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसका कारखाना तीनवटै मुलुकमा छन् र तिनको उत्पादन सीमापार आपूर्ति शृङ्खलामा निर्भर छ ।

ट्रम्पले क्यानाडाबाट उत्पादन अमेरिका सार्न अटो कम्पनीहरूलाई दबाब दिँदै आउनुभएको छ । हालै स्टेलान्टिसले जीप कम्पासको उत्पादन ओन्टारियोबाट इलिनोइस सार्ने निर्णय गरेपछि क्यानाडाले कम्पनीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ ।

यसै साता चीनको शेन्जेनमा राष्ट्रपति सी जिनपिङसँग हुने भेटमा पनि चिनियाँ अटो उद्योगबारे छलफल हुने अपेक्षा गरिएको छ । कार्नीले शनिबार ट्रम्प र अमेरिकी उच्च अधिकारीहरूसँग व्यापार सम्झौताबारे प्रगति भएको तर केही मतभेद बाँकी रहेको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल