सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मस्कोतर्फ लक्षित १३९ युक्रेनी ड्रोन रुसले खसाल्यो

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मस्को, ३० कात्तिक (रासस/एएफपी)ःरुसले राजधानी मस्कोतर्फ लक्षित १३९ वटा युक्रेनी ड्रोन रातभरको कारबाहीमा खसालेको जनाएको छ । मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार रुसी हवाई प्रतिरक्षा प्रणालीले रातभरदेखि सोमबार बिहानसम्म ती ड्रोनहरूलाई सफलतापूर्वक निष्क्रिय पारेको हो ।

सोब्यानिनले टेलिग्राममार्फत जानकारी दिँदै ड्रोनका अवशेष खसेका स्थानमा आपत्कालीन सेवाका टोलीहरू परिचालन गरिएको बताएका छन् ।

यो आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभन्दा केही दिनअघि भएको हो ।

यसअघि युक्रेनी सेनाले रुसभित्र रहेका महत्वपूर्ण संरचनालाई लक्षित गर्दै आक्रमण गरेको थियो । युक्रेनी आक्रमणमा रुसको एक प्रमुख पेट्रोकेमिकल उद्योग, तेल प्रशोधन केन्द्र र सैन्य सामग्री उत्पादन गर्ने कारखानालाई निशाना बनाइएको बताइएको छ ।

सैबीच, चीनको विदेश मन्त्रालयले आगामी नोभेम्बर १९ मा राष्ट्रपति सी चनफिङले अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनसँग चीनको सेन्जेनमा भेटवार्ता गर्ने पुष्टि गरेको छ । एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा हुन लागेको उक्त त्रिपक्षीय भेटवार्ताको विस्तृत कार्यसूची भने सार्वजनिक गरिएको छैन ।

अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले उक्त भेटमा आणविक हतियार न्यूनीकरण र इरानसँग सम्बन्धित द्वन्द्वका विषयमा छलफल गर्ने तयारी गरेका छन् । तर, रुसले युक्रेनमाथि जारी राखेको युद्धको विषय भने उक्त त्रिपक्षीय वार्तामा उठ्ने सम्भावना नरहेको बताइएको छ ।

रुस र युक्रेनबीच युद्ध जारी रहँदा दुवै पक्षले एकअर्काका महत्वपूर्ण सैन्य तथा औद्योगिक संरचनालाई लक्षित गर्दै आक्रमण तीव्र बनाएका छन् । यस्तो अवस्थामा विश्वका तीन प्रमुख शक्तिका नेताबीच हुन लागेको भेटवार्तालाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल