सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानको पहल

२०८३ कार्तिक ३०, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इस्लामाबाद, ३० कात्तिक (रासस/एपी) :पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ । विदेशमन्त्री इशाक दारले सोमबार इस्लामाबादमा आयोजित क्षेत्रीय आर्थिक सहयोग सङ्गठन (इको) को बैठकमा शान्ति र स्थिरताबिना आर्थिक विकास तथा व्यापार विस्तार सम्भव नहुने बताउनुभयो ।

दस सदस्यीय इको बैठकमा इरानी विदेशमन्त्री अब्बास अराघचीसहित विभिन्न देशका कूटनीतिज्ञ सहभागी थिए । अराघचीले अन्तर्राष्ट्रिय कानून र शान्तिपूर्ण समाधानको पक्षमा उभिन आग्रह गर्दै अमेरिकामाथि आक्रामकता र आर्थिक दबाब सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले फारसको खाडी र हर्मुज जलघाँटीको तनावका लागि अमेरिका र इजरायललाई जिम्मेवार ठहर्‍याउनुभयो ।

पाकिस्तानले गत अप्रिलमा अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको पहिलो चरण आयोजना गरेको थियो । हर्मुज जलघाँटीको गतिरोधले तेलको मूल्य र आफ्नो अर्थतन्त्रमा असर पारेको भन्दै पाकिस्तानले उक्त जलमार्ग पुनः सञ्चालन गर्न आग्रह गर्दै आएको छ ।

बैठकमा अफगानिस्तानसँगको सम्बन्ध सुधारको विषय पनि उठेको थियो । विदेशमन्त्री दारले अफगानिस्तानसँग व्यापार तथा पारवहन सहकार्य विस्तार गर्न चाहेको बताउँदै त्यसका लागि तालिबान सरकारले छिमेकी मुलुकका सुरक्षा चासो र आतङ्कवादको खतरा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । पाकिस्तानले टिटिपी, बीएलए र अलकायदालाई आश्रय दिएको अफगान तालिबान सरकारमाथि आरोप लगाउँदै आएको छ । काबुलले भने आतङ्कवादी समूहलाई समर्थन गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल