सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

त्रिवेणी रङ्गशालाको मुख्यमन्त्री पाण्डेद्वारा स्थलगत अवलोकन

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

लमजुङ, १ मङ्सिर: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङको बेँसीसहर नगरपालिका–७ सहजीस्थित त्रिवेणी रङ्गशालाको स्थलगत अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री पाण्डेसहित प्रदेशका पूर्वमन्त्री भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङलगायतले सोमबार रङ्गशालाको अवलोकन गर्नुभएको हो । सो अवसरमा मुख्यमन्त्री पाण्डेले रङ्गशालाको पूर्वाधार विकासका लागि तत्काल रु १० लाख उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

उहाँले लमजुङकै प्रतिष्ठित खेल मैदानका रूपमा रहेको त्रिवेणी रङ्गशालालाई व्यवस्थित बनाउन प्रदेश सरकारको ध्यान गएको बताउनुभयो ।

खेल मैदानको स्तरोन्नति र आवश्यक पूर्वाधार विकास गर्नसके खेलाडी उत्पादन तथा खेलकुदप्रति युवाको आकर्षण बढाउन सकिने उहाँको भनाइ थियो ।

खेलकुदले खेलाडीको प्रतिभा पहिचान र विकाससँगै नागरिकको स्वास्थ्यमा  सकारात्मक योगदान पुर्‍याउने भएकाले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

आवश्यक सहयोग उपलब्ध गराउँदै खेलकुद पूर्वाधार निर्माण र विकासमा प्रदेश सरकारले अग्रसरता लिँदै आएको उहाँको भनाइ थियो । प्रदेशका पूर्वमन्त्री एवं त्रिवेणी युवा क्लबका पूर्वअध्यक्ष पौडेलले रङ्गशालालाई थप व्यवस्थित बनाउन प्रदेश सरकारसहित विभिन्न क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।

विगतमा खेलमैदान व्यवस्थापनमा निकै समस्या रहे पनि विभिन्न निकाय र क्षेत्रको सहयोगबाट अहिलेको अवस्थामा आइपुगेको उहाँले उल्लेख गर्नुभयो । केही सुधार भए पनि रङ्गशालालाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उहाँको भनाइ थियो ।

त्रिवेणी युवा क्लबका अध्यक्ष टेकजङ गुरुङले रङ्गशालाको स्तरोन्नति र पूर्वाधार विकासका लागि आवश्यक सहयोग गरिदिन मुख्यमन्त्री तथा प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

बजेट अभावका कारण अपेक्षाअनुसार रङ्गशालालाई व्यवस्थित बनाउन नसकिएको उल्लेख गर्दै उहाँले यसलाई लमजुङ मात्र नभई गण्डकी प्रदेशकै नमुना रङ्गशालाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो ।

उहाँले रङ्गशालाको पूर्वाधार विकासका लागि विगतदेखि नै प्रदेश सरकारसँग सहयोग माग्दै आएको र आगामी दिनमा पनि आवश्यक पहल जारी राख्ने बताउनुभयो ।

त्रिवेणी युवा क्लबले हरेक वर्ष आयोजना गर्दै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता जिल्लाकै ठूलो तथा प्रतिष्ठित खेलकुद प्रतियोगिताका रूपमा परिचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै