सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चिनियाँ विद्युतीय यात्रुवाहक विमानको चालक दलसहित पहिलो उडान

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ,  (रासस\एएफपी): चीनमा विकसित विद्युतीय यात्रुवाहक विमानले गत सप्ताहान्तमा चालक दलसहित पहिलो परीक्षण उडान पूरा गरेको छ । यसलाई चीनको स्वदेशी उड्डयन उद्योगको विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

विमानबाट हुने कार्बन उत्सर्जन नियन्त्रण गर्नु विश्वव्यापी उड्डयन उद्योगका लागि चुनौती बन्दै गएको छ । यस्तो अवस्थामा इन्धनको खपत र वातावरणीय प्रदूषण घटाउन विद्युतीय विमानलाई सम्भावित विकल्पका रूपमा हेरिएको छ ।

विमान निर्माता चिनियाँ सरकारी स्वामित्वको कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) सम्बद्ध एक पत्रिकाका अनुसार, दुई पाइलट र एक इन्जिनियर सवार सीई–२५ए विमानले १६ मिनेट ३८ सेकेन्ड उडान गरेको थियो ।

उक्त पत्रिकाका अनुसार शनिबार उत्तरी शानडोङ प्रान्तमा गरिएको परीक्षण उडानका क्रममा विमानले ६० किलोमिटर दूरी पार गरेको थियो ।

पत्रिका तथा सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा निजी जेटको आकारको रातो रङको विमान धावनमार्गबाट उडेको, केही समय आकाशमा स्थिर रहेको र पुनः अवतरण गरेको देखिन्छ ।

प्रतिवेदनअनुसार १० टन तौल भएको उक्त विमानले एक पटकमा ४०० किलोमिटरसम्म उडान गर्न सक्छ भने यसमा १९ यात्रु अट्न सक्छन् ।

यसअघि उक्त विमानले चालक दलबिना १९ वटा परीक्षण उडान पूरा गरिसकेको थियो । यसको पहिलो सफल परीक्षण उडान गत फेब्रुअरीमा भएको थियो ।

यसैबीच, कोम्याकले निर्माण गरेको इन्धनबाट चल्ने सी–९१९ विमानले गत अगस्टमा पहिलो अन्तरराष्ट्रिय व्यावसायिक उडान पूरा गरेको थियो ।

सी–९१९ को विकासलाई बोइङ र एयरबसको दशकौँदेखिको विश्वव्यापी विमान निर्माण क्षेत्रको प्रभुत्वलाई चुनौती दिने चीनको प्रयासका रूपमा हेरिएको छ ।

साँघुरो संरचना भएको सी–९१९ विमानलाई बोइङको ७३७ र एयरबसको ए–३२० का प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिएको छ । यद्यपि, यसले अहिलेसम्म अमेरिकी वा युरोपेली नियामक निकायबाट उडान सञ्चालनको अनुमति पाइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल