सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

क्यानाडा र चीनबीच थप शुल्क कटौतीमा सहमति

२०८३ मंग्सिर १, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेन्जेन (चीन), १ मङ्सिर (रासस/एएफपी) : क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो ।

कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा राखिएको सुँगुरको मासु, माछा र समुद्री खाद्यवस्तु समावेश छन् । त्यसको बदलामा क्यानाडाले चिनियाँ स्टिल र आल्मुनियमका केही उत्पादनमा दिइएको भन्सार छुट दुई वर्ष थप्नेछ ।

अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउन खोजिरहेका कार्नीले सन् २०३० सम्म चीनतर्फको निर्यात ५० प्रतिशतले बढाउने लक्ष्य निर्धारित समयभन्दा अगाडि नै पूरा हुने बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सीले पनि दुई देशबीचको सम्बन्ध सुधारले दुवै देशको हित र विश्वको स्थिरता तथा समृद्धिमा योगदान पुग्ने बताउनुभयो ।

वर्षौंदेखि कूटनीतिक तनाव र भन्सार शुल्क विवादमा रहेका दुई देशबीच सम्बन्ध सुधारको प्रयास भइरहेको छ । सन् २०१८ मा क्यानाडाले अमेरिकी पक्राउ पुर्जीका आधारमा हुवावेका संस्थापककी छोरीलाई पक्राउ गरेपछि चीनले दुई क्यानाडेली नागरिकलाई हिरासतमा लिएको थियो । त्यसपछि दुवै देशले एकअर्काका निर्यातमा शुल्क लगाएका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटोमोबाइल क्षेत्रमा दण्डात्मक शुल्क लगाउनुभएको थियो । कार्नी गत अगस्टमा अमेरिकासँगको व्यापार वार्ताबाट बाहिरिनुभएको भए पनि पछिल्लो समय दुवै देशबीच सम्झौताको सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल