सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्रम्पसँगको भेटअघि सी–पुटिन वार्ता

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेन्जेन (चीन), २ मङ्सिर (रासस/एएफपी) :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ ।

बिहीबार हुने सम्मेलनमा विश्व सुरक्षा, आणविक निःशस्त्रीकरण र प्रमुख शक्तिबीचको सम्बन्धबारे छलफल हुने अपेक्षा गरिएको छ । युक्रेन युद्धको विषय भने छलफलमा समावेश हुने वा नहुने स्पष्ट भइसकेको छैन ।

एपेक बैठकलाई सम्बोधन गर्दै पुटिनले बढ्दो सैन्य तथा राजनीतिक जोखिमका बेला विभाजनभन्दा एकता र अल्टिमेटमभन्दा संवाद आवश्यक रहेको बताउनुभयो । उहाँले रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धले आफ्नो देशको आर्थिक विकास रोक्न नसकेको दाबी पनि गर्नुभयो ।

चिनियाँ राष्ट्रपति सीले कृत्रिम बौद्धिकता (एआई) र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताउनुभएको थियो । सी र पुटिनबीच ऊर्जा, वित्तीय सहकार्य तथा युक्रेन र उत्तर कोरियासम्बन्धी विषयमा पनि छलफल हुने रुसी अधिकारीहरूले जनाएका छन् ।

यसैबीच, ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग पनि चीनमा भेटवार्ता गर्ने इच्छा व्यक्त गर्नुभएको छ । तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले त्यस्तो भेटको पुष्टि गर्नुभएको छैन ।

ट्रम्पले फिलिपिन्समा क्वाड समूहका अस्ट्रेलिया, जापान र भारतका नेताहरूसँग पनि भेट गर्नुभएको थियो । यसैक्रममा आसियान सम्मेलनमा सहभागी करिब दुई हजार प्रदर्शनकारीले अमेरिकी नीतिको विरोध गरेका थिए ।

अमेरिकी व्यापार नीतिप्रति असन्तुष्टि जनाउँदै चिनियाँ प्रधानमन्त्री ली छ्याङ, ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा र क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापारिक निर्भरता घटाउनुपर्ने धारणा राख्नुभएको थियो ।

यसैबीच, ट्रम्पले १० महिनाभित्र दुर्लभ खनिज उत्पादनमा अमेरिकाले चीनलाई उछिन्ने दाबी गर्नुभएको छ । वासिङ्टनले सिङ्गापुर, मलेसिया, थाइल्यान्ड र इन्डोनेसियामा उन्नत एआई चिप्स निर्यात गर्न विशेष अनुमति लिनुपर्ने नयाँ नियम पनि सार्वजनिक गरेको छ । सिङ्गापुरले भने आफ्ना कम्पनीलाई विश्वसनीय रूपमा चिप्स उपलब्ध गराउने उपाय खोजिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल