सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

खुला व्यापारमा एसियाली नेताहरूको जोड

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेन्जेन (चीन), २ मङ्सिर (रासस/एपी):चीनका राष्ट्रपति सी जिनपिङसहित एसिया–प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । उहाँहरूले व्यापार तथा लगानीका अवरोध घटाउँदै क्षेत्रीय सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सेन्जेनमा आयोजित एपेक व्यवसायी सम्मेलनमा राष्ट्रपति सीले चीनले बजार पहुँच विस्तार र भन्सार शुल्क घटाउँदै व्यापारसम्बन्धी नियममा सुधार गर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय व्यापारमा स्थिरता र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

अमेरिका र चीनबीच भन्सार शुल्क तथा उन्नत प्रविधिको पहुँचलाई लिएर मतभेद कायम रहेका बेला सीले खुला व्यापारको पक्षमा धारणा राख्नुभएको हो । यसैबीच, क्यानााडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग पारस्परिक कर घटाउने सहमति गर्नुभएको छ । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले ठूला अर्थतन्त्रले साना देशमाथि आफ्ना नीति थोपर्न नहुने बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्ध, शुल्क र निर्यात नियन्त्रणको प्रभावकारितामाथि प्रश्न उठाउँदै एसिया–प्रशान्त क्षेत्रसँग आर्थिक सम्बन्ध विस्तार रुसको प्राथमिकता रहेको बताउनुभयो । रुसले सन् २०३५ मा एपेकको अध्यक्षता गर्ने प्रस्तावसमेत गरेको छ ।

एपेकका २१ सदस्यले विश्वको ६० प्रतिशत आर्थिक गतिविधि र आधा व्यापार हिस्सा ओगट्छन् । बिहीबार हुने नेताहरूको बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पुटिन र सीबीच त्रिपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल