सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एआईमा सहकार्य बढाउन सीको आग्रह

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेन्जेन (चीन), २ मङ्सिर (रासस/एएफपी):चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गर्नुभएको छ । उहाँले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिनुभएको छ ।

सेन्जेनमा बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठक उद्घाटन गर्दै सीले वैज्ञानिक नवप्रवर्तन, एआई र हरित विकासमा साझेदारी बढाउन आग्रह गर्नुभयो । उहाँले चीनले विदेशी लगानी तथा व्यवसायका लागि बजार पहुँच विस्तार गर्ने बताउनुभयो ।

सीको यो आग्रह अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहीबार हुने अपेक्षित भेटवार्ताको पूर्वसन्ध्यामा आएको हो । दुई देशबीच व्यापार तनाव बढिरहेका बेला अमेरिकाले एआईका मोडेल प्रशिक्षण र सञ्चालनमा प्रयोग हुने उन्नत चिप्स चीन निर्यातमा थप प्रतिबन्ध लगाएको छ । चीनले भने अमेरिकी शुल्कको जवाफमा प्रतिकारात्मक कदम चालेको छ ।

गत वर्ष एपेक बैठकका क्रममा भएको व्यापार युद्ध रोक्ने अस्थायी सहमति आगामी जनवरीमा समाप्त हुँदैछ । यसैबीच, एनभिडियाले बुधबार उल्लेखनीय आम्दानी सार्वजनिक गरे पनि कम्पनीका पूर्वप्रमुख जेन्सेन हुआङको चीनका लागि जासुसी गरेको आशङ्का गरिएकी महिलासँगको सम्बन्धसम्बन्धी विवादले समाचारमा स्थान पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल