सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कोप–३१ मा फोर एच नेपालले उठायो हिमाली युवाका विषय

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ मङ्सिरः टर्किएको आन्ताल्यामा गत कात्तिक २३ गते जारी जलवायु सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१)मा ‘फोर एच नेपाल’ले अन्तरराष्ट्रिय आप्रवासन संगठन (आइओएम)को सहयोगमा आज साइड इभेन्ट सम्पन्न गरेको छ ।

‘हिमाली क्षेत्रका युवा आप्रवासन तथा सांस्कृति क्षतिः जलवायु परिवर्तन तथा समाधानका उपाय’ विषयक कार्यशाला आइओएम पेभिलियन अन्तरगत ब्लु जोनमा आयोजना गरिएको थियो ।

कोप कार्यशालामा फोर एच नेपालका संस्थापक अध्यक्ष जलवायु विज्ञ लोकराज अवस्थीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा कसरी हिमाली युवा सामूहिक रूपमा आप्रवासनका लागि बसाइसराई भइरहेका छन भन्ने विषयलाई प्रमुखताका साथ उठाइएको छ ।

त्यस्तै युवा पलायन केवल आफ्नो समूदाय छोड्नु मात्र नभई युवासँग त्यहाँको भविश्य, कलासंस्कृति तथा पहिचानपनि पलायन भइरहेको विषय पनि कार्यपत्रमा समावेश छ ।

त्यस्तै नेपालमा जलवायु परिवर्तनको कारण विशेष गरी हिमाली तथा पहाडी क्षेत्रमा सङ्कट बढेको यसको समाधानका लागि अन्तरराष्ट्रिय समुदायले तत्काल पहल गर्नुपर्ने विषयमा जोड दिइएको छ ।

त्यसमा गाउँदेखि अन्तराष्ट्रियस्तरसम्म युवाको सहभागिता सुनिश्चित गरिनु पर्नेमा समूहगत छलफलका सहभागीको भनाइ रह्यो ।

स्यान्टियागो नेटवर्क सचिवालयका जलवायु परिवर्तन तथा विपद् जोखिमसम्बन्धी विज्ञ लोरेन्जो ग्वाडाग्नोले नेपालमा भइरहेका पछिल्ला जलवायु परिवर्तनको प्रभावबारे आफू निकै चिन्तित रहेको बताउनुभयो ।

जलवायु परिवर्तन एवं मानवसुरक्षासम्बन्धी अनुसन्धानकर्ता साबा नुरिनले हिन्दकुश हिमश्रृङ्खलामा भइरहेको जलवायु परिवर्तनले युवा र क्षेत्रका बासिन्दामा पारेको असरको बारेमा आफ्नो धारणा व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमको सहजीकरण युवा अभियन्ता सुस्मिता अधिकारीले गर्नुभएको थियो । कार्यशालामा क्यानाडा, स्वीटजरल्याण्ड, ट्रकी, जापान, इटाली, बंगलादेश, नेपाल, पाकिस्तानलगायतका जलवायु विज्ञ तथा अभियान्ताको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै