सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड

२०८३ मंग्सिर २, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अन्ताल्या (टर्किए), २ मङ्सिरः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएकाले जोखिम न्यूनीकरणका लागि विज्ञानमा आधारित पूर्वचेतावनी प्रणाली, सहज जलवायु वित्त र जलवायु न्याय सुनिश्चित गर्न अन्तरराष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा आज आयोजित कार्यक्रममा राष्ट्रिय मन्त मन्तव्य दिँदै उहाँले हिमालमा देखिएका जलवायु सङ्कटको असर पर्वतीय क्षेत्रमा मात्र सीमित नरही तटीय क्षेत्रसहित विश्वका अर्बौं मानिसको पानी, खाद्य सुरक्षा र जीविकोपार्जनसँग जोडिएको बताउनुभयो ।

नेपालका नदी, वन र हिमालमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेको उल्लेख गर्दै मन्त्री चौधरीले हिउँको सीमा माथितिर सर्दै गएको, पानीका मुहान सुक्दै गएको तथा मनसुन अनिश्चित बन्दै गएको बताउनुभयो । यसले एकातिर खडेरी र अर्कोतिर विनाशकारी बाढीपहिरोको जोखिम बढाएको उहाँको भनाइ थियो ।

हालैको रसुवा–भोटेकोशी क्षेत्रमा आएको विपद्बाट प्रभावित परिवारको पीडा स्मरण गर्दै उहाँले जलवायु सङ्कटमा न्यून योगदान भएका समुदायले नै सबैभन्दा ठूलो क्षति बेहोर्नुपरेको बताउनुभयो ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रस्ताव गर्नुभएको ‘हिमालयन जलवायु उत्थानशीलता संयन्त्र’ लाई प्रभावकारी बनाउन तीनवटा प्राथमिकतामा अन्तरराष्ट्रिय सहयोग आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।

पहिलो, पर्वतीय क्षेत्रको निरन्तर वैज्ञानिक अनुगमन, सीमापार तथ्याङ्क आदानप्रदान र बहुप्रकोप पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ थियो । हिमताल विस्फोट, बाढीपहिरो तथा एकपछि अर्को विपद् निम्त्याउने जोखिमलाई समेट्ने गरी पूर्वचेतावनी प्रणाली विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

दोस्रो, जलवायु वित्त विपद् आउनुअघि, विपद्का समयमा र विपद्पछिको पुनःस्थापनामा समेत उपलब्ध हुने व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो । यस्तो वित्त छिटो, सहज, सरल र अनुदानमा आधारित हुनुपर्ने उल्लेख गर्दै उहाँले नोक्सानी तथा क्षति कोषअन्तर्गत तत्काल प्रतिक्रिया जनाउन सक्ने वित्तीय व्यवस्था गर्न माग गर्नुभयो ।

तेस्रो, जलवायु न्याय र समानताको विषयलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो । विश्वव्यापी उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम रहे पनि जलवायु परिवर्तनका कारण ठूलो क्षति बेहोर्नुपरेको उहाँले बताउनुभयो ।

नेपालको करिब आधा भूभाग वन क्षेत्रले ढाकेको र सन् १९९० को दशकदेखि वन क्षेत्र निरन्तर विस्तार हुँदै आएको उल्लेख गर्दै उहाँले विश्वव्यापी वातावरण संरक्षणमा नेपालको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने बताउनुभयो ।

उहाँले जलवायु विपद्पछि पुनर्लाभका लागि नेपालले करिब पाँच अर्ब अमेरिकी डलर बराबरको आर्थिक भार बेहोर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै यसलाई वित्तीय समस्याका रूपमा मात्र नभई जलवायु न्यायसँग जोडिएको विषयका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

जलवायु परिवर्तनका कारण हिमनदी र हिमाली पारिस्थितिक प्रणालीमा परेको असरबारे चिन्ता व्यक्त गर्दै मन्त्री चौधरीले जीवाश्म इन्धनमा आधारित प्रदूषणकारी विकास प्रणालीले हिमालको अस्तित्वमाथि गम्भीर सङ्कट निम्त्याएको बताउनुभयो ।

कोप–३१ को मस्यौदामा पर्वतीय कार्यकार्यक्रम, उच्चस्तरीय राजनीतिक संवाद र वार्षिक पर्वतीय संवाद समावेश हुनु पर्वतीय क्षेत्रले लामो समयदेखि उठाउँदै आएको मुद्दाको मान्यता भएको उहाँले उल्लेख गर्नुभयो ।

साथै उहाँले उक्त व्यवस्थालाई पर्वतीय बिषयका सबै मागसहित अन्तिम निर्णयमा कायम राख्न र अनुमोदन गर्न सबै पक्ष राष्ट्रसँग आग्रहसमेत गर्नुभयो ।

हिमालको स्वास्थ्य विश्वव्यापी जलचक्र, खाद्य सुरक्षा र मानव जीवनसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै मन्त्री चौधरीले अन्ताल्याको  कोप–३१ सम्मेलनलाई हिमालका आवाजलाई अन्तरराष्ट्रिय जलवायु वार्तामा उचित स्थान दिएको सम्मेलनका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै