सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सोल, ३ मङ्सिर (रासस/सिन्ह्वा)ः कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारसँगै स्वदेशमै उत्पादित सेमिकन्डक्टर (अर्धचालक) को विश्वव्यापी माग बढेपछि दक्षिण कोरियाको सरकारी आर्थिक अनुसन्धान संस्थाले सन् २०२६ का लागि आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएको छ ।

कोरिया डेभलपमेन्ट इन्स्टिच्युट (केडीआई) ले बुधबार सार्वजनिक गरेको नयाँ प्रक्षेपणअनुसार सन् २०२६ मा दक्षिण कोरियाको मुद्रास्फीति समायोजित वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.८ प्रतिशतले विस्तार हुनेछ । यो संस्थाले गत अगस्टमा गरेको प्रक्षेपणभन्दा ०.६ प्रतिशत बिन्दुले बढी हो ।

यो प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ३.९ प्रतिशतको अनुमानभन्दा केही कम भए पनि आर्थिक सहयोग तथा विकास संगठन (ओईसीडी) को ३.७ प्रतिशत, एसियाली विकास बैंक (एडीबी) को ३.२ प्रतिशत र बैंक अफ कोरियाको ३.३ प्रतिशतको अनुमानभन्दा बढी हो ।

केडीआईले सन् २०२७ का लागि पनि आर्थिक वृद्धिदरको अनुमान १.७ प्रतिशत बिन्दुले बढाएर ३.९ प्रतिशत पु¥याएको छ । उक्त अनुमान आईएमएफको ३.३ प्रतिशत, बैंक अफ कोरियाको २.९ प्रतिशत, ओईसीडीको २.६ प्रतिशत र एडीबीको २.३ प्रतिशतको प्रक्षेपणभन्दा उच्च छ ।

एआई प्रविधिको तीव्र विकासका कारण सेमिकन्डक्टरको माग बढ्नु नै आर्थिक वृद्धिको प्रक्षेपण संशोधन गर्नुको प्रमुख कारण रहेको केडीआईले जनाएको छ। यसले अर्थतन्त्रका अन्य क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । विशेषगरी उत्पादन क्षमता विस्तार, पूर्वाधारमा लगानी तथा नयाँ चिप उत्पादन कारखाना निर्माणले आर्थिक गतिविधि बढाउने अनुमान छ ।यसैबीच, चिप निर्यातमा आएको वृद्धिका कारण सन् २०२६ मा चालु खाता बचत ५१६.२ अर्ब अमेरिकी डलर पुग्ने र सन् २०२७ मा बढेर ६०१.३ अर्ब डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

निर्माण क्षेत्रमा लगानी सन् २०२६ मा स्थिर रहने र सन् २०२७ मा २.५ प्रतिशतले बढ्ने अनुमान छ। तर, निजी उपभोगको वृद्धिदरको प्रक्षेपण भने घटाएर सन् २०२६ का लागि १.८ प्रतिशत कायम गरिएको छ। सन् २०२७ मा उपभोग २.४ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, उपभोक्ता मूल्य मुद्रास्फीति सन् २०२६ मा २.७ प्रतिशत र सन् २०२७ मा २.४ प्रतिशत रहने केडीआईको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल