सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन वकालतकर्ता, प्रवद्र्धक र अग्रणी : सी

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सेन्जेन (चीन), ३ मङ्सिर (रासस/सिन्ह्वा) : चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताउनुभएको छ ।

दक्षिण चीनको गुआङडोङ प्रान्तस्थित सेन्जेनमा बिहीबार आयोजित एपेकका ३३औँ आर्थिक नेताहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले एसिया–प्रशान्त समुदायलाई थप सुदृढ बनाउन सबै पक्षसँग सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो ।

सीले क्षेत्रीय समुदायको विकासका लागि बलियो आर्थिक तथा व्यापारिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै व्यापार र लगानीलाई सहज बनाउने, डिजिटल प्रविधिको विकासलाई तीव्रता दिने तथा व्यापारिक अवरोध घटाउने प्रयास गर्न सबै पक्षलाई आग्रह गर्नुभयो ।

उहाँले क्षेत्रीय सम्पर्क सञ्जाल विस्तार गर्न पूर्वाधार विकास, नीति तथा नियमबीच समन्वय र जनस्तरको आदानप्रदानलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । यसबाट सदस्य राष्ट्रका नागरिकबीच आपसी समझदारी र निकट सम्बन्ध विस्तार हुने उहाँको भनाइ थियो ।

नवप्रवर्तनलाई क्षेत्रीय विकासको महत्त्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै सीले डिजिटल पूर्वाधार निर्माण तथा कृत्रिम बौद्धिकता (एआई) को व्यापक प्रयोगलाई प्रवर्द्धन गर्न थप प्रयास आवश्यक रहेको बताउनुभयो ।

उहाँले क्षेत्रीय अर्थतन्त्रलाई ऊर्जा तथा खाद्य सुरक्षा सुनिश्चित गर्न, सीमापार भ्रष्टाचार नियन्त्रणसम्बन्धी शासन व्यवस्था सुदृढ बनाउन तथा हरित र न्यून कार्बनयुक्त अर्थतन्त्रतर्फको रूपान्तरणमा सहयोग बढाउन पनि आह्वान गर्नुभयो ।

त्यसैगरी, नागरिकको जीवनस्तर सुधार गर्न तथा मानव पुँजीमा लगानी बढाउन सबै पक्षले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आर्थिक आत्मनिर्भरता र पारिवारिक जीवन सुरु गर्न युवालाई चुनौती बढ्दै : राष्ट्रसङ्घीय प्रतिवेदन

रोहिङ्ग्याको न्यायको आशा, घर फर्कने प्रतीक्षा

जीवाश्म इन्धनमा विवादले जलवायु वार्ता अन्योलमा

मुद्रास्फीति बढेपछि श्रीलङ्काले ब्याजदर बढायो

इरानको चेतावनी : सर्त मान, नत्र युद्धको सामना गर

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास

एआईको नियन्त्रण केही प्रविधि कम्पनीको हातमा सीमित हुनु चिन्ताजनक : राष्ट्रसङ्घ

रोहिङ्ग्यामाथि म्यान्माले नरसंहार गरेको अन्तर्राष्ट्रिय अदालतको ठहर

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

चीनद्वारा ‘शिजियान–२४’ भूउपग्रह सफलतापूर्वक प्रक्षेपण

इमरानको सुरक्षाका लागि छोराको विश्व समुदायसँग अपिल