सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको छः अध्यक्ष याङ्ग वानमिङ्ग

२०८३ मंग्सिर ३, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, ३ मङ्सिरः चिनियाँ वैदेशिकमैत्री सङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले रसुवा भोटेकोशी बाढीपीडित जनतालाई राहत उपलब्ध गराउने, पुनर्निर्माणका कार्य अघि बढाउने तथा केरुङ नाका पुनः सञ्चालन गर्ने चीन लागिरहेको बताउनुभएको छ ।

भक्तपुरमा नगरपालिकामा नगर प्रमुख सुनिल प्रजापतिसँग आज भएको मैत्रीपूर्ण भेटमा चीनले आफ्नो क्षमताअनुसार नेपाललाई निरन्तर सहयोग र समर्थन गर्दै आएको र विपद्को सवालमा पनि थप सहयोग गर्ने अध्यक्ष वानमिङ्गले बताउनुभयो ।

तीनदिने नेपाल भ्रमणका क्रममा आज भक्तपुर आउनुभएको सङ्घका अध्यक्ष वानमिङ्गसहितको प्रतिनिधिमण्डलले नगरप्रमुख प्रजापतिसँग छलफलमा कठिन परिस्थितिमा पनि दुवै देश एकअर्काको साथमा उभिँदै आएको भन्दै भूकम्प, कोरोना महामारी तथा भोटेकोशी बाढीजस्ता विपद्का समयमा दुवै देशले एकअर्कालाई सहयोग गरेको बताउनुभयो ।

उहाँले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच ऐतिहासिक तथा रणनीतिक सम्बन्ध स्थापना गर्ने सहमति भएको स्मरण गर्दै उहाँले त्यसयता दुवै देशका नेतृत्वबीच आर्थिक, राजनीतिक, सांस्कृतिक, पर्यटन तथा युवा आदानप्रदानका क्षेत्रमा व्यापक छलफल र सहकार्य हुँदै आएको बताउनुभयो ।

भेटमा नगरप्रमुख प्रजापतिले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै घनिष्ठ र मित्रवत् रहँदै आएको उल्लेख गर्दै सातौँ शताब्दीमा तिब्बतका राजा स्रङचङ गम्पोसँग नेपाली राजकुमारी भृकुटीको विवाह तथा तेह्रौँ शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत र पेइचिङमा निर्माण गरेका कलाकृतिहरूले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध र सांस्कृतिक मित्रतालाई प्रस्ट पारेको बताउनुभयो ।

सन् १९५५ मा नेपाल र चीनबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएपछि चीनले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुर्‍याउँदै आएको चर्चा गर्दै सडक पूर्वाधार निर्माण, विभिन्न उद्योगधन्दाको स्थापना तथा ट्रलीबस सञ्चालनलगायत क्षेत्रमा चीनले गरेको सहयोग नेपालको विकास यात्रामा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । चिनियाँ टोलीले भक्तपुरका ऐतिहासिक, सांस्कृतिक तथा सम्पदास्थलहरू दरबार क्षेत्र, टौमढी र तालाक्वको अवलोकन भ्रमण गरेको थियो ।

भ्रमण टोलीमा चिनियाँ दूतावासको तर्फबाट मिनिस्टर काउन्सिलर चउन फान, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका उपमहासचिव ची योङ्गच्युन, एसियाली तथा अफ्रिकी मामिला विभागका महानिर्देशक लिउ फाङ्ग र उपनिर्देशक आइ लिन, चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्षका सचिव चङ्ग छन, कर्मचारी होउ मङ्गवेइ, कोङ स्यु, चउ थाओलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमणमा आइतबार नयाँदिल्ली जादै

प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल गर्न आज मन्त्रिपरिषद् बैठक बस्दै