
काठमाण्डौं : इराकको राजधानी बग्दाद लगायत अन्य सहरमा भएको सरकार विरोधी प्रदर्शनमा मृत्यु हुनेको संख्या १ सय ५० पुगेका छ ।
तीन सातादेखि जारी प्रदर्शनमा सरकारको विरोध, भ्रष्टाचार, बेरोजगारी जस्ता समस्या उठाउँदै सुरु भएको थियो सो प्रदर्शनमा हाल सम्म १ सय ५० जनाको मृत्यु हुनुका साथै २ हजार भन्दा बढी घाईते भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
मानवअधिकार आयोग र अनुगमनकर्ताहरुका अनुसार प्रहरीले प्रदर्शनकारीमाथि टियर ग्याँस, रवरको गोली समेत प्रहार गरेको र प्रदर्शनकारीमाथि प्रहरीले दमन गरेको बताएका छन् ।