सदाबहार खबरको रफ्तार ....
मंग्सिर ७, २०८३ सोमबार
November 23, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बाँदरको उप्रदोः हरियो मस्याङ काट्न बाध्य छन् किसान

२०८३ मंग्सिर ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भोजपुर, ७ मङ्सिरः बाँदरको बढ्दो उपद्रोका कारण भोजपुरका किसानले राम्रोसँग पाक्न नपाउँदै हरियो मस्याङ (दाल) काटेर थन्क्याउन थालेका छन् । धानबाली भित्र्याउने चटारोका बीच खेतको आलीमा लगाएको मस्याम बाँदरबाट जोगाउन नसकेपछि किसान समय अगावै बाली भित्र्याउन बाध्य भएका हुन् ।

रामप्रसाद राई गाउँपालिका–४ दलगाउँकी किसान गोमादेवी कार्कीले बाँदरका कारण खेतमा लगाएको मस्याङ जोगाउन समस्या भएको बताउनुभयो । धानसँगै खेतको आलीमा मस्याम खेती गर्नुभएकी उहाँले धान भित्र्याइसकेपछि बाँदरबाट बाली जोगाउन झनै कठिन हुने भएकाले कोसा राम्ररी नपाक्दै काट्नुपर्ने अवस्था आएको बताउनुभयो ।

भोजपुर नगरपालिका–५ बोखिमकी किसान कमला थापाले बाँदरले मस्याङमा क्षति पु¥याएको बताउनुभयो । धान थन्क्याउने काममा व्यस्त हुनुपर्दा बाँदरको निगरानी गर्न नसकिएको उहाँको भनाइ छ । उहाँले करिब १४ रोपनी खेतको आलीमा मस्याङ खेती गर्नुभएको छ । आलीमा लगाएको मस्याङ बाँदरले सखाप पारेपछि बाँकी रहेको बाली हरियो अवस्थामै काट्नुपरेको उहाँले सुनाउनुभयो ।

यस वर्ष डेढ मुरी मस्याङ उत्पादन हुने अनुमान गर्नुभएकी थापाले समयअगावै काट्नुपर्दा उत्पादनमा केही कमी आउने बताउनुभयो । उहाँका अनुसार मस्याम स्थानीय बजारमा प्रतिकिलो रु १८० देखि २०० सम्ममा बिक्री हुने गरेको छ । समयमै राम्रोसँग पाक्न पाए उत्पादनबाट राम्रो आम्दानी गर्न सकिने भए पनि बाँदरको समस्याले किसानको अपेक्षामा असर पु¥याएको उहाँको भनाइ छ ।

धानबालीसँगै खेतको आलीमा मस्याङ लगाएर अतिरिक्त आम्दानी गर्ने उद्देश्य राख्नुभएकी उहाँ बाँदरको त्रासले समयअगावै बाली भित्राउन बाध्य हुनुभएको हो । सामान्यतया मस्याङका कोसा राम्रोसँग सुकेपछि मात्र काटेर भण्डारण गर्ने गरिन्छ । बाँदरबाट हुने क्षति रोक्न किसानले हरियो अवस्थामै काट्न थालेका छन् । यसरी अपरिपक्व अवस्थामा काट्दा दाना राम्रोसँग नपाक्ने, तौल घट्ने र उत्पादनको गुणस्तरमा असर पर्ने किसानको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पर्यटकलाई घोडा चढाएर आम्दानी गर्दै कन्यामका किसान

उपत्यकामा ५६६ सवारीचालक कारबाहीमा

घोप्टेभिरमा पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द

रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम

गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

गण्डकी परिक्रमा महोत्सव आजदेखि

पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश

पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग

माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

खलामा धान भर्दै स्थानीय सरकार

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ