सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रशंसा नभई प्रश्न गर्ने सञ्चारमाध्यम आवश्यकः मुख्यमन्त्री थापामगर

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक, ११ मङ्सिरः बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशमा सरकार परिवर्तन भए पनि पे्रस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य र मान्यतमा परिवर्तन हुन नसक्ने बताउनुभएको छ ।

धुलिखेलमा आज आयोजित ‘मदानी बीट डटकम’को चौथौ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले सरकार एवं त्यसको नेतृत्व परिवर्तन भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई सरकारको प्रशंसा गर्नेमात्र होइन, सरकारलाई प्रश्न गर्न सक्ने स्वतन्त्र सञ्चारमाध्यम चाहिएको छ ।” सरकारका कमीकमजोरी, ढिलासुस्ती र गल्ती उजागर गर्ने तथा राम्रा काम जनतासमक्ष पुर्याउने दायित्व सञ्चारमाध्यमको रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले सरकारको आलोचना गर्ने सञ्चारमाध्यम र त्यसका पत्रकार पनि लोकतन्त्रका महत्त्वपूर्ण साझेदार हुन् भन्ने यथार्थलाई मनन गरी आमसञ्चारमाध्यम अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री थापाले स्थानीय सञ्चारमाध्यमको संस्थागत क्षमता, प्रविधि र आर्थिक दिगोपनाका लागि सहकार्यका कार्यक्रम अघि बढाइने बताउनुभयो । सञ्चारकर्मीको पेसागत सुरक्षा तथा श्रम अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्न्ुभयो, “सञ्चारकर्मीको न्यूनतम तथा नियमित पारिश्रमिक, दुर्घटना तथा स्वास्थ्य बिमा र सामाजिक सुरक्षाको जिम्मेवारी सम्बन्धित सञ्चार संस्थाले पनि लिनुपर्छ ।

‘मदानी डटकम’का सम्पादक श्यामप्रसाद सापकोटाले आर्थिक सङ्कटका कारण मुलुकका आमसञ्चारमाध्यम अप्ठ्यारो स्थितिमा रहेको विद्यमान परिवेशमा जिल्ला तथा स्थानीय समाचारलाई प्राथमिकता दिई आमजनतालाई सुसूचित गराउँदै आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन

भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित

‘निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीतिनिर्माणमा ध्यान आवश्यक’

एकनारायण अर्याल पक्राउपछि सभामुख डिपी अर्याल ‘रेड जोन’ मा

प्रधानमन्त्री शाहद्वारा मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा बढुवा

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

ईनम सापकोटासहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस

प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट