सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम, ११ मङ्सिर: भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निर्धारण गरेको समयसीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउनेगरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

भूमि समस्या समाधान समितिको कार्यप्रगति तथा नापी र मालपोत सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारीका सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित छलफलमा मन्त्री रावलले सरकारको प्राथमिकताअनुसार कामलाई तीव्रता दिन निर्देशन दिनुभएको हो ।

उहाँले एक महिनाभित्रै नापी र मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने सरकारको प्रतिबद्धता रहेको उल्लेख गर्दै सोहीअनुरूप आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापकीय तयारी गर्न कर्मचारीलाई आग्रह गर्नुभयो । नागरिकले सामान्य कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गर्दै स्थानीय तहमै सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री रावलले दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्नेगरी काम गर्न भूमि समस्या समाधान समितिलाई निर्देशन दिनुभयो ।

भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उहाँले कुनै पनि बहानामा सेवा प्रवाहमा ढिलासुस्ती नगर्न आग्रह गर्नुभयो ।

सरकारको मूलमन्त्र सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै मन्त्री रावलले यस विषयमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, सरल र सहज बनाउन कर्मचारी प्रशासन जिम्मेवार हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले सरकारले अघि सारेका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय आवश्यक रहेको धारणा राख्नुभयो ।

छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नापी र भूमि प्रशासन कार्यालयका प्रमुख तथा भूमि समस्या समाधान समितिका पदाधिकारीलगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भोटेकोशी बाढी: पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

प्रशंसा नभई प्रश्न गर्ने सञ्चारमाध्यम आवश्यकः मुख्यमन्त्री थापामगर

एएएई फेलो अवार्डबाट पूर्वमन्त्री परियार सम्मानित

‘निर्वाचनसम्बन्धी अनुसन्धान र प्रमाणमा आधारित नीतिनिर्माणमा ध्यान आवश्यक’

एकनारायण अर्याल पक्राउपछि सभामुख डिपी अर्याल ‘रेड जोन’ मा

प्रधानमन्त्री शाहद्वारा मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा बढुवा

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

ईनम सापकोटासहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३९१५ जनालाई मृत्युको घोषणा गर्न सिफारिस

प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट