सदाबहार खबरको रफ्तार ....
असार ६, २०८१ बिहिबार
June 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पूर्वी युरोपियन मुलुकमा मदिरा सेवन घट्दै : भारत र चीनमा भने ह्वात्तै बढे

२०७६ कार्तिक १०, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: विश्वमा ३० वर्ष अगाडिको भन्दा ७० प्रतिशत धेरै मदिरा उपभोग भइरहेको नयाँ अनुसन्धानले जनाएको छ ।

भारत र चीनमा मदिरा सेवनको दर व्यापक रुपमा वृद्धि भएसँगै यसरी अर्को दशकसम्म सो तथ्याङ्क प्रतिव्यक्ति १७ प्रतिशतले अझ बढ्न सक्ने रिपोर्टमा उल्लेख गरिएको छ ।

सन् २०३० मै विश्वका आधा भन्दा धेरै वयश्कहरुले मदिरा पिउन थाल्ने र पूरै जनसङ्ख्यामा एक चौथाइले महिनामा एकपटक भएपनि सेवन गर्ने १८९ देशहरुमा गरिएको सर्वेक्षणपछि पत्ता लागेको हो ।

अनुसन्धानकर्ताहरुले विश्वभर हानिकारक मदिराको उपभोग कम गराउने लक्ष्य धेरै टाढा पुगिसकेको बताउँदै कर वृद्धि र विज्ञापनमाथि प्रतिबन्ध लगायतका आक्रामक उपाय अपनाउन अपील गरेका हुन् ।

सन् १९९० भन्दा अघि उच्च आय दर भएका राष्ट्रहरुले मात्र धेरै मदिरा सेवन गर्ने गरेका थिए जसकारण युरोपमा यसको उपभोग दर सबैभन्दा माथि रहेको थियो ।

अहिले पूर्वी युरोपमा ठूलो सङ्ख्यामा मदिरा सेवन गर्नेहरु घटिरहेका छन् भने अर्कोतर्फ मध्यम आयदर भएका देश जस्तै चीन, भारत र भियतनाममा धेरै ठूलो वृद्धि देखा परिरहेको छ ।

जस्तै चीनमा पुरुषहरुले वार्षिक ११ लिटर भन्दा धेरै शुद्ध मदिरा पिउने गरेका छन् । यसरी १९९० पछि चीनको मदिरा उपभोग ७० प्रतिशतले वृद्धि भएको हो ।

रिपोर्टका अनुसार चीनमा ७७ प्रतिशतले एकपटक त मदिरा सेवन गरेकै हुन्छन् । त्यसैगरी यता भारतमा भने ४० प्रतिशत पुरुष र २२ प्रतिशत महिलाले मदिरा सेवन गर्ने गरेका छन् । औसतमा उनीहरुले वार्षिक ६ लिटर शुद्ध मदिरा सेवन गरेको बताइएको छ जुन तुलनात्मक रुपमा कम देखिएपनि सो तथ्याङ्क १९९० पछि दुई गुणाले वृद्धि भएर त्यति पुगेको हो ।

वैज्ञानिकहरुले अब २०३० सम्म भारतमा मदिराको उपभोग ५० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छन् ।

मध्यपूर्व र उत्तर अफ्रिकामा भने मदिराको उपभोग प्रति वर्ष प्रति व्यक्ति एक लिटर भन्दा कम रहेको छ । यसरी विश्वभर उपभोग गरिने मदिरामा १५ प्रतिशत बियरका रुपमा र १२ प्रतिशत वाइनका रुपमा सेवन गर्ने गरिएको द गार्जियनले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केजरीवाललाई राहत, जमानतमा छोड्न अदालतको आदेश

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

युक्रेनले चाँडै ईयू सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने

उत्तर कोरियासँगको सन्धिले आक्रामकताको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्छ– पुटिन

अमेरिकी पुर्व सभामुखले दलाई लामालाई भेट्न लागेको प्रति चीनको कडा विरोध

थाइल्यान्डले समलिङ्गी विवाहलाई मान्यता दिने

भारतमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

चीनले मौद्रिक नीति समायोजन गर्ने : गभर्नर

अधिकारकर्मीको तत्काल रिहाइ गर्न चीनसँग अमेरिकाको माग

रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन

२४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन

बाइडेनले अमेरिकी नागरिकको जीवनसाथीका लागि अध्यागमन मार्गलाई सहज बनाउने