सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर १२ गते ।  काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुको नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा महिलामाथि दुर्व्यवहार र दुःख हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि ‘सुरक्षित यात्रा’ नामक विशेष अभियान सञ्चालन गरी उनीहरूलाई पक्राउ गरेको हो ।

सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका सामान चोरी, पाकेटमारी, लुटपाट तथा महिलामाथि हुने दुर्व्यवहारका घटनाबारे प्राप्त जनगुनासोका आधारमा अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौंको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क, ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोक तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारी र सुन्धाराबाट उनीहरूलाई पक्राउ गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट आपराधिक गतिविधिमा संलग्न १२१ जना व्यक्तिहरू पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३१ जना पक्राउ

७ किलो चरेससहित २ जना डोटीमा पक्राउ

सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक

वीरगञ्ज क्यासिनोमा प्रहरीको छापा, जुवा खेल्ने र खेलाउने १२ जना नियन्त्रणमा

लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

स्रोत नखुलेको रकमसहित तिब्बतीयन नागरिक बौद्धबाट पक्राउ

सूर्योदयका सात स्थानमा सशस्त्र प्रहरीको कारबाही, १६ लाखभन्दा बढीको सामान बरामद

विदेशी मुद्रासहित दुई जना पक्राउ