सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ मङ्सिरः नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कोदारीस्थित इलाका प्रहरी कार्यालय कोदारीबाट परिचालन भएको प्रहरी टोलीले काठमाडौँतर्फ आउँदै गरेको बिएसी ५२९३ नम्बरको स्कारपियो जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको हो ।

यसैबीच, वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फच्र्युन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलेखेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको छ

त्यसैगरी, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न बैतडीको दोगडाकेदार गाउँपालिकाका ५४ वर्षीय तिलकप्रसाद भट्ट, वीरगञ्ज महानगरपालिकाका ३७ वर्षीय प्रभु साह तुरहा र सिरहाको धनगढीमाई नगरपालिकाका ४६ वर्षीय दीपकराज पराजुलीसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वीरगञ्ज क्यासिनोमा प्रहरीको छापा, जुवा खेल्ने र खेलाउने १२ जना नियन्त्रणमा

लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ

स्रोत नखुलेको रकमसहित तिब्बतीयन नागरिक बौद्धबाट पक्राउ

सूर्योदयका सात स्थानमा सशस्त्र प्रहरीको कारबाही, १६ लाखभन्दा बढीको सामान बरामद

विदेशी मुद्रासहित दुई जना पक्राउ

लागुऔषधसहित २७ जना पक्राउ

३८४ किलो नक्कली महसहित एक पक्राउ

दुई किलो ३४८ ग्राम सुनसहित दुई महिला पक्राउ

ठमेलमा व्यवसायको नाममा पर्यटक ठगी गर्नेलाई कारबाही

श्रीमतीको हत्या आरोपी श्रीमान् २४ दिनपछि पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ