सदाबहार खबरको रफ्तार ....
मंग्सिर १२, २०८३ शनिबार
November 28, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विश्वकप छनोट प्लेअफ : सन्दीपको कप्तानीमा नेपालले सात खेल खेल्ने

२०८३ मंग्सिर १२, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आईसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आज कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेको हो ।

घोषित टोलीमा सन्दीपसहित आसिफ शेख, कुशल भुर्तेल, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, राशिद खान, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतमले अवसर पाएका छन् ।

आईसिसी विश्वकप क्वालिफायर प्लेअफ यही मङ्सिर १८ देखि पुष ६ गतेसम्म नेपालमा आयोजना हुँदैछ । प्रतियोगितामा आठ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले मङ्सिर १८ गते इटालीसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

यस्तै, नेपालले मङ्सिर २० गते युगाण्डा, मङ्सिर २४ गते युनाइटेड अरब इमिरेट्स (युएई), मङ्सिर २६ गते जर्सी, मङ्सिर  २८ क्यानडा, पुस ३ गते नामिबिया र पुस ६ गते कुवेतविरुद्ध खेल्ने तालिका छ ।

नेपालले खेल्ने सातवटै खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानमा खेल्नेछ । प्रतियोगितामा सहभागी आठ टोलीले एकअर्कासँग एक/एक खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष चारमा रहने टोलीले अर्को चरणमा स्थान बनाउने छन् । बाँकी चार टोलीको यात्रा समाप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्म बमोजिम सञ्चालन

दसौँ राष्ट्रिय खेलकुद : एपीएफसँग अङ्क बाँडेसँगै सुदूरपश्चिम बाहिरियो

गोल्डकप फुटबल पुस ४ देखि

दशौँ राष्ट्रिय खेलकुदः शारीरिक सुगठनमा आर्मीलाई तीन स्वर्ण

धरानमा पुस ३ गतेदेखि डिआइजी रनिङ कप

झापा महिला गोल्डकपः त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

एसिया कप राइजिङ स्टार्सबाट नेपाली टोली स्वदेश फर्कियो

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

च्याम्पियन्स लिगमा आर्सनल र डर्टमन्ड १–१ को बराबरीमा रोकिए

क्रिकेटर ढकाल हेटौँडामा सम्मानित

१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु