
काठमाण्डौ: डा. गोविन्द केसिको १७ औ आमरण अनशनलाई ऐक्यवद्धता जनाउँदै महाकाली राजमार्ग चल्ने सवारी साधन ठप्प पारिएको छ ।
स्वास्थ्य विग्रँदै गएपछि अनसनरत डा. गोविन्द केसीलाई स्थानान्तरण गर्ने सरकारले तयारी गरेको भन्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले सोमबार बिहान ९ बजेदेखि महाकाली राजमार्ग अन्तर्गत चल्ने लामो तथा छोटो दुरिका सम्पुर्ण सवारी साधनमा रोक लगाएको अध्यक्ष ऐरले हरियाली नेपाललाई जानकारी दिए ।
डडेल्धुरा जिल्ला अमरगडी न.पा.- ५, तुफानडाडाँमा डा. केसिको १७ औ आमरण अनशको समर्थनमा नेबि संघका अध्यक्ष जगत ऐरको नेतृत्वमा सो क्षेत्रबाट आवात जावत गर्ने सवारी साधनमा रोक लगाइएको हो ।
आमरण अनशनरत डा. केसिको समर्थनमा डडेल्धुराको आईतबार नागरिक समाज र पत्रकार महासंघ डेल्धुराले जुलुस सहित प्रदर्शन गरेका थिए ।
डा. केसी गत कार्तिक १८ गतेदेखि डडेल्धुराको अमरगढीमा विभिन्न सात सुत्रीय मागहरू अघि सारी १७ औ पटक अन्सनरत रहेका छन ।
स्थानीय प्रशासनले डा. केसी अनसन बसेको डडेल्धुरा अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । उता केसीका समर्थकले भने लैजान नदिने भन्दै प्रहरीको बाटो छेकेर दैनिकजसो प्रदर्शनहरू गरिरहेका छन् ।
यसैबीच डा केसीको स्वास्थ्य अवस्था बुझ्न तथा केसीको अनसनप्रति ऐक्यवद्धता जनाउन आईतबार डडेल्धुरा पुगेका डा. पुष्पमणी खराल, डा. कालुसिंह खत्री र डा. तोशीमा कार्कीले संयुक्त विज्ञप्ती जारी गरी सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले सरकार डा. केसीका माग पुरा गर्न भन्दा पनि पन्ध्रौँ अनसनमा जस्तै गरी अपहरण शैलीमा उठाउन उद्धत देखिएको भन्दै समझदारी ढंगले समाधानको प्रयास गर्न माग गरेका छन् । सोमबार जारी विज्ञप्तीमा उनीहरुले डा केसीको स्वास्थ्य अवस्था र डडेल्धुरा अस्पतालको क्षमताको बारेमा समेत उल्लेख गरेका छन् ।