सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिकित्सक संघको निर्वाचनः प्रजातान्त्रिक समूहले महासचिव सहित सबै पदाधिकारीको टुंगो लगायो

२०७६ मंग्सिर २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः नेपाल चिकित्सक संघको आगामी तीन बर्षे कार्यकालको लागी मंसिरमा हुने महाधिवेशनमा प्रजातान्त्रिक समूहले महासचिव सहित सबै पदाधिकारीको टुंगो लगाएको छ ।

संघका पूर्वअध्यक्ष एवं प्रजातान्त्रिक समूह निकटका चिकित्सकहरूको लामो बहस र छलफलपछि उम्मेदवार चयनमा सैद्धान्तिक सहमति जुटेको हो । संघका पूर्वअध्यक्ष एवं पदाधिकारीहरूको सैद्धान्तिक सहमतिअनुसार आगामी महाधिवेशनमा महासचिवमा डा. बद्री रिजाललाई उठाउने लगभग पक्का भएको छ ।

त्यसैगरी अन्य पदाधिकारीहरू मध्ये बरिष्ठ उपाध्यक्षमा डा. शिबकुमार श्रेष्ठ, उपाध्यक्षमा डा. अनिलविक्रम कार्की, महासचिवमा डा. बद्री रिजाल, सहसचिवमा डा. प्रकाश बुढाथोकी, कोषाध्यक्षमा डा. शिवजी पौडेल र सहकोषाध्यक्षमा विश्वराज दवाडीको नाममा सैद्धान्तिक सहमति जुटेको छ ।

प्रजातान्त्रिक समूहबाट अध्यक्षका लागि डा. लोचन कार्कीलाई उठाउने यसअघि नै सहमति भएको थियो ।

प्रजातान्त्रिक समूहबाट नेपाल चिकित्सक संघ (एनएमए)को आगामी महाधिवेशनका लागि डा. रिजाल सहित डा. विश्वराज दवाडी, डा. अनिल कार्की, डा. प्रकाश बुढाथोकी, डा. शिवजी पौडेलले इच्छा देखाएका थिए ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)बाट एमबिबिएस गरेका रिजाल सरकारी चिकित्सक संघका पूर्व अध्यक्ष समेत रहिसकेका ब्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्ता छन् अल्जाइमर्स रोगका लक्षणहरु

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

सर्पले टोकेर महिलाको मृत्यु

तौल घटाउनुका साथै मुटुका लागि पनि फाइदाजनक हुन्छ बदाम

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत

कञ्चनपुरमा अहेबमाथि कुटपिट

वीरगञ्जमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु

पटक पटक पिसाब लाग्छ, कतै मधुमेह भएको त होइन ?

यौन इच्छा बढाउन खानैपर्ने खानेकुरा

‘एचपीभी’ खोप अभियानको समय थप, शुक्रबारसम्म जारी रहने

वीर अस्पतालमा अब साताको तीन दिन मिर्गौला प्रत्यारोपण हुने

सेती अस्पतालको मेसुमा डा. कमर