सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपालका १६ जिल्लामा चर्चको ७२ करोडको लगानी

२०७६ मंग्सिर १३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः डेनमार्कको एक चर्चको संयोजनमा काठमाडौं उपत्यकासहित १६ जिल्लामा जलवायु परिवर्तन अनुकूल निर्माण सामग्री उत्पादनका लागि ७२ करोड लगानी हुन लागेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको १२२औं बैठकले डनचर्च एड नामक संस्थाको निजी आवास निर्माणमा जलवायु परिवर्तन अनुकूल निर्माण सामग्रीको उत्पादन र उपभोग गर्ने तथा बढाउनेसम्बन्धी प्रस्ताव पारित गरेको हो ।

परियोजनाअनुसार इन्टरलक इँटा उत्पादन र उत्पादित इँटा प्रयोग गरी वातावरणमा कार्बन उत्सर्जन कम गरिनेछ । परियोजनका लागि ७२ करोड ४४ लाख ४ हजार १ सय ८३ बजेट रहेको छ । जसमा प्रशासनिक खर्च १४ करोड ३६ लाख ५ हजार १ सय ७७ रहेको छ भने कार्यक्रम खर्च ५८ करोड ७९ हजार पाँच रुपैयाँ रहेको छ ।

परियोजनाका लागि ७५ प्रतिशत अर्थात् ४ लाख ५० हजार युरो लगानी नर्डिक डेभलपमेन्ट फन्डले गर्ने भएको छ । बाँकी २५ प्रतिशत डन चर्च एड, प्राक्टिकल एक्स र बिउल्ड अप नेपालले बेहोर्नेछ ।

नर्डिक डेभलपमेन्ट फन्ड पाँच युरोपेली मुलुकको वित्तीय संस्था हो । जसमा डेनमार्क, फिल्यान्ड, आइसल्यान्ड र स्विडेन सामेल छन् । यो संस्था सन् १९८८ मा स्थापनाभएको थियो ।

परियोजनाको अवधि २४ डिसेम्बर २०२० सम्म तोकिएको छ । परियोजना काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, लमजुङ, गोरखा, तनहुँमा कार्यान्वयन हुनेछ । यस्तै, कास्की, सिन्धुली, सिन्धुपाल्चोक दोलखा, चितवन, नवलपरासी, पाल्पा र गुल्मीमा परियोजना कार्यान्वयन हुने प्राधिरणको निर्णयमा उल्लेख छ ।

नेपाल जेस्युट सोसाइटी नेपाल नामक संस्थाले सिन्धुपाल्चोकमा दुईवटा विद्यालयको भवन निर्माण गर्ने प्रस्ताव पनि पारित भएको छ । त्यसका लागि ९५ लाख ८८ हजार ९ सय २ रुपैयाँ लगानी गरिनेछ । प्रशासनिक खर्चतर्फ ११ लाख ४९ हजार ९ सय ३३ खर्च हुनेछ भने ८४ लाख ३८ हजार ९ सय ६९ कार्यक्रमका लागि खर्च हुनेछ । स्रोत व्यवस्थापन भने क्यारिटज जर्मनीले गर्नेछ ।

नेपाल युथ फाउन्डेसन नेपालले पनि ललितपुरको बाग्मती गाउँपालिकाको नारायणी माध्यमिक विद्यालयको फर्निचरसहित ६ कोठे भवन निर्माण गर्ने भएको छ । नेपाल चिल्डे«न यूकेको सहयोगमा बन्ने भवनका लागि प्रशासनिक र कार्यक्रम खर्च १ करोड ९९ लाख ७२ हजार ५ सय ४३ लागत हुनेछ । यो खबर राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै