काठमाण्डौ: एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमति कार्यान्वयन नहुँदै मेडिकल कलजेहरूले तेस्रो र चौथो वर्षका विद्यार्थीसँग अतिरिक्त शुल्क माग्न थालेका छन् ।
भैरहवास्थित युनिभर्सल र पोखराको गण्डकी मेडिकल कलेजले विभिन्न शीर्षकमा अतिरिक्त रकम लिन विद्यार्थीलाई शुल्क चिट वितरण गरेका छन् ।
तेस्रो वर्षका विद्यार्थीसँग ५ लाख १४ हजार र चौथो वर्षका विद्यार्थीसँग ४ लाख ६४ हजारभन्दा बढी रकम मागिएको हो ।
गण्डकी र युनिभर्सल कलेजले सरकारले तोकेकै शुल्कमा विद्यार्थी पढाउने र बढी शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए। गण्डकीले गत फागुनमै शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाए पनि अझै पूरा गरेको छैन।
सञ्चालकविरुद्ध कास्की अदालतमा दायर गरिएको ठगी मुद्दा विचाराधीन छ। यो समाचार
आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
