सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्याजको मूल्य बृद्धीसँगै बंगलादेशी प्रधानमन्त्रीद्धारा प्याज नखाने घोषणा

२०७६ मंग्सिर १५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन् ।

बंगलादेशमा उत्पादन नहुने र आयातका लागि ठूलो रकम बाहिरिने देखेपछि उनले जनतालाई समेत प्याज उपभोगका लागि निरुत्साहित गर्न आफ्नो भान्सामा प्रयोग नगर्ने निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बंगलादेशमा सामान्य अवस्थामा ३० टाका प्रतिकेजी रहेको प्याजको भाउ बढ्दै गएर दुई सय ६० टाका पुगेपछि प्रधानमन्त्री हसिनाले यस्तो कदम चालेकी हुन् । बंगलादेशी सरकारले जनतालाई राहत दिन भन्दै सीमित पसलबाट प्रतिकेजी ४५ टाकामा उपलब्ध गराइरहेको छ । बंगलादेशले हाल म्यानमारबाट प्याज आयात गरिरहेको छ ।

यतिवेला भारतको राजधानी दिल्लीमा प्याज सय भारुभन्दा बढीमा कारोबार भइरहेको छ । प्याजको बढ्दो भाउ नियन्त्रण गर्न केन्द्रीय खाद्य एवं सार्वजनिक वितरणमन्त्री रामविलास पासवनले केही दिनअघि एक लाख टन प्याज आयात गरेर दिल्लीमा वितरण गर्न लागेको उद्घोष गरेका थिए ।

भारतले दूतावास परिचालन गरेर अफगानिस्तान, इजिप्ट, टर्की र इरानबाट प्याज आयातको प्रबन्ध मिलाइसकेको छ । यसका साथै महाराष्ट्र र दक्षिणी राज्यबाट समेत उत्तर भारतमा प्याज आपूर्तिका लागि केन्द्रीय संयन्त्र लागिपरेको छ । भारतले दुई महिनाअघि नै सबै देशका लागि प्याज निर्यात बन्द गरिसकेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै