सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बुद्धले कोलकाता उडान बन्द: १० करोड घाटा

२०७६ मंग्सिर १७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: बुद्धको कोलकाता-काठमाडौं उडान बन्द भएको छ।

६ महिनाअघि सातामा तीन दिनबाट थालिएको बुद्धको काठमाडौं–कोलकाता–काठमाडौं उडान सोमबार अन्तिम थियो।

‘यात्रु जेनरेट भएन,’ बुद्धका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले भने, ‘जेट विमानबाट अन्तर्राष्ट्रिय उडान जानकालागि हामीले हामीले कोलकत्ताकालागि गरेको उडान परिक्षण उडान थियो। यो उडाननै घाटामा गएकाले बुद्धले कोलकत्ता उडान बन्द गरेको छ।’

उनले यसै उडानको अनुभवकै आधारमा आगमी दिनमा पोखराबाट जेट विमानमार्फत भारत लगायत एसियाली महानगरमा उडान गर्ने योजना पनि स्थगन भएको बताए।

बुद्धले ६ महिना काठमाडौं–कोलकाता–काठमाडौं उडान गर्दा १० करोड घाटा बेहोरेको जनाएको छ। ‘साढे ७ करोड हाराहारी अपरेसन घाटा र साढे २ करोड हाराहारी मार्केटिङ खर्च गरी १० करोड हाराहारी घाटा बेहोर्‍यौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने।

सुरुमा सातामा तीन दिन मात्रै उडान थालेको यस एयरलायन्सले पछिल्लो एक महिना सातामा दुई ओटा मात्रै उडान गरेको थियो।
आजको कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै