सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

इन्डो-प्यासिफिक रणनीति चीनविरुद्ध होइन: अमेरिकी सहायक रक्षामन्त्री रेन्डल

२०७६ मंग्सिर २१, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: हिन्द प्रशान्त मामिला हेर्ने अमेरिकी रक्षा सहायकमन्त्री रेन्डल जी स्क्राइभरले नेपालमा इन्डो– प्यासिफिक रणनीतिअन्तर्गतका कुनै पनि कार्यक्रम चीनविरुद्ध नभएको बताएका छन् ।

शुक्रबार बिहान वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखाल जानुअघि अमेरिकी राजदूतको निवासमा कूटनीतिक मामिला हेर्ने सीमित पत्रकारसँग कुरा गर्दै स्क्राइभरले आफ्नो देशको त्यस्तो रणनीति नभएको स्पष्ट पारे ।

‘हाम्रो चीनसँग धेरै इन्गेजमेन्ट छ । केही समयअघि हाम्रा रक्षामन्त्रीको भ्रमणका क्रममा म बेइजिङमा थिएँ र त्यहाँ रक्षामन्त्रीसँग हाम्रो भेटवार्ता भयो,’ स्क्राइभरले भने, ‘कहिलेकाहीँ यस्तो कथ्य हुन्छ कि कुनै नीति वा रणनीति कुनै विशेष देशविरुद्ध हो । हाम्रो रणनीति त्यस्तो होइन । यो नेपाली जनताको छनोटको विषय हो । यो कुनै देशको राजधानी वा देशको छनोट होइन, सिद्धान्त र मान्यताको छनोट हो ।’ सहायकमन्त्री स्क्राइभरले नेपालसँग प्रतिरक्षा साझेदारी बढाउन अमेरिकाले चाहेको समेत बताए ।

उनले हिन्द प्रशान्त रणनीतिका विभिन्न आयाममा नेपालसँग सुदृढ सहकार्य भइरहेको बताए । स्क्राइभरले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल भएको बताए । इन्डो-प्यासिफिक रणनीतिअन्तर्गत यो कार्यक्रम सञ्चालित छ । अमेरिकाले २५ वर्षदेखि विश्वका ८१ देशसँग यो कार्यक्रमअन्तर्गत सेनासँग मानवीय सेवा, प्रकोप व्यवस्थापनलगायत क्षेत्रमा सहकार्य गर्दै आएको छ ।

एसपिपीको वेबसाइटअनुसार अमेरिकाले इन्डो– प्यासिफिक कमान्ड क्षेत्रअन्तर्गतका फिलिपिन्स, थाइल्यान्ड, मंगोलिया, इन्डोनेसिया, बंगलादेश, कम्बोडिया, भियतनाम, टोंगा, फिजी र मलेसियासँग सहकार्य गर्दै आएको छ । अमेरिकाको नेसनल गार्ड ब्युरोअन्तर्गत सहकार्य हुँदै आएको छ ।

‘नेपाल सरकारको यसमा अभिरुचि पाएको छु । इन्डो-प्यासिफिक क्षेत्रका धेरै देशसँग हाम्रो स्टेट पार्टनरसिप कार्यक्रम छ । एक दशकयता यो क्षेत्रमा एसपिपी अत्यन्तै सफल भएको छ,’ स्क्राइभरले भने, ‘साझेदार देशहरूसँग हाम्रो सैन्य सम्बन्ध राम्रो छ र आपसी हित प्रवद्र्धन भएको छ । साझेदार देशको रुचिअनुसार हामी सहकार्य गर्छौँ । नेपालसँग हामी यसमा अघि बढ्न सक्छौँ भन्नेमा म विश्वस्त छु ।’ नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै