सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भ्रष्टाचारका १५ सय फाइलमाथि विस्तृत छानबिन गर्दै अख्तियार

२०७६ मंग्सिर २४, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमिततासँग जोडिएका १५ सयभन्दा बढी फाइलमाथि अनुसन्धान चलिरहेको जनाएको छ ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले हालसम्म परेका भ्रष्टाचारका उजुरीमध्ये १५ सयभन्दा बढी फाइलमाथि विस्तृत अनुसन्धान चलिरहेको जानकारी दिए ।

जागिर खाएको दुई–चार वर्षमै करोडपति हुने लहर कर्मचारीमा पलाएको उनले बताए । यसले पनि अनियमिततालाई प्रश्रय दिएको घिमिरेको भनाइ थियो ।

आयोगमा सबैभन्दा बढी उजुरी स्थानीय तहका आयोगका अनुसार सबैभन्दा धेरै उजुरी स्थानीय तहसम्बन्धी छन् । विगतमा शिक्षासम्बन्धीका उजुरी उच्च रहेकामा अहिले त्यसलाई स्थानीय तहले उछिनेको आयोगको भनाइ छ ।

स्थानीय तहमा अनियमितता बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न आयोगले केही दिनअघि सरकारलाई ६१ बुँदे सुझाब दिएको थियो । स्थानीय तहमा भ्रष्टाचारको अवस्था सम्बन्धमा आयोगले सर्वेक्षण गरी ‘पर्सेप्सन इन्डेक्स’ तयार गरिरहेको छ । यसबाट पनि सुशासनमा स्थानीय तह निकै कमजोर रहेको देखिएको आयोगले जनाएको छ । नयाँपत्रिकाबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कसको पालामा कति पैसा गयो मलेसिया?

विस्तृत शान्ति सम्झौताका दुई दशक सङ्क्रमणकालीन न्याय अधुरै

अब स्थानीय तहबाटै एकद्वार सेवा

सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै पुग्यो गण्डकी सरकार

निर्वाचन आयोगले थाल्यो तयारी

मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब

प्रधानमन्त्रीको भारत भ्रमण सफल बनाउन अन्तिम गृहकार्य

आरोहण प्रभावित हुँदा राजस्वबारे अन्योल

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

एमालेको विशेष संकल्प : लोकतन्त्रको पुनर्बहालीदेखि पार्टी शुद्धीकरणसम्म

एमबीबीएसमा १० हजार ३२१ उत्तीर्ण, दुई हजार ७४५ सिटका लागि प्रतिस्पर्धा

ट्रम्प, सी र पुटिनबिच आज शिखर वार्ता हुँदै