काठमाण्डौः नेपाली सेनाले कात्तिक ०७७ असारदेखि राष्ट्रिय गौरवको काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक) निर्माण सुरु गर्ने भएको छ ।
त्यस अवधिसम्म कुल ७२ दशमलव ५ मिटर लम्बाइको यस आयोजनाको पूर्वतयारीका काम सम्पन्न हुने सेनाको विश्वास छ । सेनाले त्यसका लागि ६ वटा परामर्शदार्ता कम्पनी छनोट गरिसकेको छ ।
आगामी असारसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्माण कम्पनी छनोट तथा सार्वजनिक खरिद प्रक्रिया पूरा गरिने आयोजना प्रमुख सहायक रथी शरदलाल श्रेष्ठले जानकारी दिए ।
परामर्शदाता छनोट भएपछि आयोजनाको काम १२ स्थानबाट एकैसाथ हुनेछ । यसअघि सेनाले १० स्थानबाट काम गर्ने तयारी गरेको थियो । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले १२ स्थानमा एकैसाथ काम गरेपछि २०८१ भित्र आयोजना सम्पन्न हुने बताए ।
सडकको न्यूनतम चौडाइ ४ लेनको हुनेछ । आयोजनामा कुल ८७ वटा पुल रहनेछन् । त्यसमध्ये १६ वटा विशेष खालका र ७१ वटा सामान्य खालका हुनेछन् । । विशेष पुल निर्माण अन्तर्राष्ट्रिय परामर्शदाताको निगरानीमा अन्तर्राष्ट्रिय निर्माण कम्पनीले तयार गर्नेछन् ।
सबै ठाउँ गरी पुलको मात्र लम्बाइ १० दशमलव ५९६ किलोमिटर रहनेछ । त्यस्तै, कुल लम्बाइ ६ दशमलव ४१५ किलोमिटर रहने गरी तीनवटा सुरुङ पनि बन्नेछन् । पुल र सुरुङबाहेक बाँकी सडक मार्ग हुनेछ । नयाँपत्रिका दैनिकबाट ।
