काठमाण्डौः पति छन्, विप्लव नेकपामा (भूमिगत) । पत्नी भन्छिन्, ‘सक्छस् भने मलाई पनि लैजा, ब्युरो सदस्य बनाएर । सक्दैनस् भने म के गर्छु-कहाँ जान्छु, सोधखोज गरेर नबस् !” विप्लव नेतृत्वको पार्टी र नेकपा अध्यक्ष प्रचण्ड बीच ‘सम्बन्ध विच्छेद’ भइसकेको भनिए पनि एक जना जिम्मेवार युवाको पारिवारिक तनावबारे उजुरी पुगेको छ, खुमलटारमा ।
‘व्यक्तिगत मामिलामा अध्यक्षको तहबाट समाधान नखोजौँ’ भन्ने जवाफ बोकेर प्रचण्डसँग कुरा गर्न पुगेका विप्लव नेकपाका नेता त फर्किए तर समस्या झन् चर्कदो छ । गत वर्ष पेरिसडाँडामा सहकर्मी नारायण खनालको टाउको फुटाएपछि चर्चा आएकै घटनाको अर्को रूप हो ।
त्यसबेला पत्नीमाथि दुर्व्यवहार भयो भन्ने नाममा उनैलाई साथ दिएका विप्लव नेकपाका युवा नेता यतिबेला पत्नीबाट असाध्यै पीडामा परे भनी प्रचण्ड कहाँ कुरा पुराइएको छ । गुनासो गरिएकी महिला हुन्, अखिल नेत्री गंगा दाहाल (सिन्धुलीको) । विप्लव नेकपाका उपत्यका ब्युरो कमिटी सदस्य अर्जुन राउतसँग ६ वर्ष पहिले विवाह भए पनि दुई वर्षदेखि उनीहरू सँगै छैनन् ।
एक वर्षदेखि अर्जुन भूमिगत छन् । उनले गंगालाई आफू सम्बन्ध पार्टीमै काम गर्न भनेका थिए । तर, गंगाले ब्युरो सदस्यको माग गरिन्, जुन सम्भव छैन । यसपछि अर्जुनले सम्बन्ध विच्छेदको माग गरे । तर, गंगाले मानिनन् । योखबर आजको जनआस्था साप्ताहिकमा छापिएको छ ।
