काठमाण्डौं: मोवाईल फोन उत्पादन कम्पनि ह्वावे कन्ज्युमर बिजनेस ग्रुपले ह्वावे वाई सिरिजअन्तर्गतको नयाँ ‘ह्वावे वाई सेभेन पी’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनिले ४८ एमपीको मेन क्यामरासहितको ट्रिपल क्यामरा जडान ‘ह्वावे वाई सेभेन पी’ सार्वजनिक गरेको हो ।
ह्वावेले स्मार्टफोन कालो र नीलो रंगहरूमा ४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज क्षमता सहित नेपाली बजारमा २३ हजार ९ सय ९० रुपैयाँ मुल्यको मोवाईलफोन सार्वजनिक गरेको हो ।
ह्वावे वाई सेभेन पी मा पन्च फूल भ्यू डिस्प्ले ६.३९ इन्च जडित छ।
४ हजार एमएएच क्षमताको ब्याट्री र किरिन ७१० एफमा आधारित यो फोन प्रयोग गर्न सजिलो इन्टेलिजेज्ट ईएमयूआई ९.१ ह्वावे वाई सेभेन पीमा एपहरू चलाउँदा प्रयोगकर्तालाई सहज अनुभव प्रदान हुन्छ।
ह्वावे वाई सेभेन पी फोनका विशेषता:
४८ एमपी मेन क्यामरासहितको रियर ट्रिपल क्यामरा
फोटो तथा भिडिओ सेयर गर्नका लागि १२० डिग्री एंगल अफ भ्यू
एआई सिन रेक्गनिशन
ब्याकलिट फोटोग्राफीका लागि एचडीआर मोड
वाइड एपर्चर इफेक्टहरू
फ्रन्ट फेसिङ ८ एमपी सेल्फी क्यामरा
४ हजार एमएएचको ठूलो ब्याट्री
फुल सिन एक्सलरेसन
४ जीबी र्याम तथा ६४ जीबी स्टोरेज
फेस अनलक २.०
आई कमर्फट मोड
डुअल सिम तथा ५१२ जिबीसम्मको मेमोरी कार्ड लागि ट्रिपल स्लट
