सदाबहार खबरको रफ्तार ....
बैसाख २५, २०८१ मंगलबार
May 7, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इन्डोनेशियाका रंगशालामा भागदौड: मृत्यु हुनेको संख्या १७४ पुग्यो

२०७९ असोज १६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इन्डोनेशियाको एक रंगशालामा फुटबल खेलको क्रममा भएको भागदौडामा मृत्यु हुनेको संख्या कम्तीमा १७४ पुगेको छ । अरु ११ जना गम्भीर घाइते छन् ।

विश्व इतिहासमा रंगशालामा भएका विपदका घटनामध्ये विकराल मानिएको इन्डोनेसियाको घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ ।

घटनामा करिक १८० जना घाइते भएका छन् । इन्डोनियाको शीर्ष लिग अन्तर्गत शनिबार अबेर भएको खेलमा घरेलु टिम अरिमा एफसी चीरप्रतिद्वन्द्वी टिम पर्सेबाया सुरबायासँग पराजित भएपछि आक्रोसित समर्थक मैदानमा प्रवेश गरेका थिए ।

मैदानमा पसेका समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । त्यसपछि रंगशालामा भागदौड मच्चिएको हो । क्षमता भन्दा बढी दर्शक प्रवेश गरेको रंगशालामा भागदौड मच्चिँदा ठूलो संख्यामा मानवीय क्षति भएको हो ।

कान्जुरुहान रंगशालाको बाहिर निस्कने द्वार तर्फ हजारौँ दर्शक दौडिएका थिए । सो क्रममा किचिएर मानवीय क्षति भएको हो ।

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले खेलको क्रममा भिड नियन्त्रणका लागि कुनै पनि प्रकारको ग्यास प्रहरी वा सम्बन्धित निकायले प्रयोग गर्न नपाउने जनाएको छ ।

एक प्रत्यक्षदर्शीले प्रहरीले लगातार तीव्र गतिमा अश्रु ग्यास प्रहार गरेको बताएको बिबिसीले उल्लेख गरेको छ । इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले शीर्ष लिगका सबै खेल घटनाको अनुसन्धान नहुँदासम्म बन्द गर्न आदेश दिएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतमा लोकसभाको आज तेस्रो चरणको मतदान हुदै

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

इजराइलद्वारा पूर्वी रफाहका बासिन्दालाई तत्काल खाली गर्न सूचना जारी

दक्षिणी गाजाको रफाहबाट इजरायली सेनाले मानिसहरू बाहिर निकाल्न थाल्यो

अफगानिस्तानमा वर्षा र बाढीले १४ जनाको ज्यान लियो

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन

हमास र इजरायलबीचको वार्ता विफल, वार्ता भाडिए लगत्तै हमासको आक्रमण

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

भारतीय वायु सेनाको वाहनमाथि चरमपन्थी हमला, एक सैनिकको मृत्यु

युद्ध नरोकिने युद्धविरामको लागि सहमत छैनौंः हमास