सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सिन्धुलीस्थित बमजन आश्रममा प्रहरीको छापा

२०७७ असार ४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बेपत्ता र हत्यासम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका तपस्वी रामबहादुर बमजनको सिन्धुलीस्थित आश्रममा बिहीबार प्रहरीले छापा मारेको छ ।

प्रहरीले दुईवटा तालिमप्राप्त कुकुर परिचालन गरेर खाेजी गरे पनि उनी फेला नपरेको जनाएको छ । बाग्मती प्रदेश प्रहरीको टोलीले कमलामाई नगरपालिका–८ पैरेस्थित आश्रम क्षेत्र सिल गरेर खोजतलास गरेको हो । यसअघि पनि प्रहरीले यो आश्रममा छापा मारेको थियो ।

‘हामीले खोजी गरेका छौं, बमजन फेला परेका छैनन्,’ खोजतलासमा संलग्न एक प्रहरी अधिकारीले भने । आश्रममा आनीहरू बेपत्ता बनाएको, हत्या गरेको जस्ता अभियोग लागेका बमजनविरुद्ध जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेको थियो । उनी रहन सक्ने सम्भावित ठाउँहरूमा खोजी जारी राखिएको ती प्रहरी अधिकारीको भनाइ छ ।

सिन्धुली प्रहरीप्रमुख एसपी रञ्जु सिग्देलले बमजनलाई पक्रन आएको टोलीलाई खोजीकार्यमा सहयोग गरेको बताइन् । उता बोधि श्रवण धर्म संघले भने प्रहरीले खोजतलासका नाममा पटकपटक दुःख दिएको आरोप लगाउँदै बमजन तीन वर्षका लागि ध्यानमा लीन भएको प्रतिक्रिया दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै